लुम्बिनी, पुस ८ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ११ मा नेकपा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अतिउल्लाह मुसलमानको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी सर्बसम्मतरूपमा चयन गरेको छ।
वडा कमिटीमा अध्यक्षमा अतिउल्लाह मुसलमान, उपाध्यक्षमा इन्द्रजित कोहार, सचिवमा मोहम्मद उमर शेष, सहसचिवमा ईशलावती लोहार, र कोषाध्यक्षमा राधिका लोहार चयन भएका छन्। अन्य सदस्यहरूमा अकालि यादव, राजमति पासी, जल्लु यादव, लालमन पासी, नसिम मुसलमान र राजु केवट रहेका छन्।
अधिवेशनको प्रमुख अतिथिकारूपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य र रुपन्देही इन्चार्ज शोनी यादव उपस्थित थिए। विशेष अतिथिकारूपमा किशमत वि.क., लुम्बिनी प्रदेश इन्चार्ज हिरा बहादुर रोका, जिल्ला समन्वय कमिटी सचिव सन्त कुमार यादव, प्रदेश कमिटी सदस्य कलिमुल्लाह मुसलमान, क्षेत्रीय संयोजक विक्रम प्रसाद यादव, र नगर कमिटी अध्यक्ष महेन्द्र कुमार यादवको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई व्यक्त गर्दै नवगठित कमिटीलाई आगामी दिनमा संगठनलाई थप सशक्त बनाउने जिम्मेवारी पूरा गर्न प्रेरित गरेका थिए।