झब्बर यादव । लुम्बिनीखबर
सिद्धार्थनगर, पुस । व्यवसायीलाई आकर्षक सुविधा दिई व्यवसायकरको दायरा विस्तार सिद्धार्थनगर नगरपालिकाले विशेष पहल गरेको छ । सिद्धार्थनगर नगरपालिकामा विभिन्न किसिमका उद्योग, व्यवसायहरु संचालनमा रहेका छन् । उद्योग तथा वाणिज्य क्षेत्रका व्यवसायलाई हेर्दा नगरपालिका भित्र लघु उद्योगहरु ४ सय ६८ छ भने फर्महरु २ सय २० वाणिज्य क्षेत्रका व्यवसाय सक्रिय संचालनमा रहेका छन् । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा अनुमानित राजस्व संकलन १९ करोड ९५ लाख थियो भने चालुवर्ष २४ करोड ९५ लाख रहेको छ ।
लामो अवधीदेखि कर नबुझाउँदा कर बुझाउनुपर्ने दस्तुर धेरै देखिएपछि कर तिर्न व्यवसायीहरुलाई गाह्रो भएको थियो । व्यवसायीहरु करको दायरामा नआउन खोज्ने भएपछि स्थानीय सरकारको अधिकारको छुट भित्र रहेर व्यवसायीलाई तिर्नु पर्ने करमा सन्तुष्टिजनक छुट दिएर करको दायरामा ल्याएकोे नगर प्रमुख इस्तियाक अहमद खाँले बताए । पुराना व्यवसायीहरु कर तिरेर नियमित करदाता बन्नुका साथै शिविरमा नयाँ उद्योग तथा व्यवसायहरु स्थापना र संचालनमा आएका छन् भने अगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने छ र उद्योगी व्यवसायीहरुसंग लक्षित कार्यक्रम गर्ने नगर प्रमुख खाँले बताए ।
कर सहभागीता वर्षको रुपमा घोषणा गरिएको र नगरपालिकाले व्यवसायकरको दायरा विस्तार गर्न नगरपालिकाले आफ्नो वार्षिक योजना अनुसार कर सहभागिता वर्षको रुपमा घोषण गरिएको व्यवसायको दायरा विस्तार गर्नका लागि घुम्ति शिविर सम्पन्न गरेको छ । उद्योगी व्यवसायीलाई नगरपालिकाले प्रत्यक्ष सेवा पु¥याउने हेतुले नगरपालिका भित्रका सबै वडामा पुगेर आकर्षक छुट दिएर एक महिनासम्म शिविर संचालन गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए ।
नगरपालिका अन्तर्गत खाद्यान्न, लत्ता कपडा तथा दैनिक उपभोग्य समाग्री व्यवसाय, होटल रेष्टुरेण्ट मदिरा तथा पर्यटन व्यवसाय, थान कपडा तथा रेडिमेट कपडा व्यवसाय, निर्माण सामग्री मिल मेसिन तथा रङ्गरोगन व्यवसाय, विद्युत्तीय सामानहरुको व्यवसाय, कृषिजन्य उत्पादन विक्रि वितरण, सुनचाँदी तथा अन्य बुहुमुल्य आभुषणको व्यवसाय, सवारी खरीद तथा विक्रि व्यवसाय, स्वास्थ्य सेवा सम्बन्धी व्यवसाय, सूर्ति तथा मदिराजन्य एवम् पेय पदार्थ व्यवसाय, शिक्षा तथा तालिम व्यवसाय, बैकल्पिक उर्जामुलक व्यवसाय, लेखा परीक्षण तथा अन्य कानुनी सेवा÷परामर्श, विशेषज्ञ सेवा÷परामर्श व्यवसाय, पुस्तक तथा खेलकुद सामग्री व्यवसाय, मनोरञ्जन सेवा÷खेल व्यवसाय, इन्धन खरिद बिक्रि व्यवसाय, होटल व्यवसायको स्तरको आधारमा, निर्माण सेवा व्यवसाय, बैंक, वितीय संस्था तथा सहकारी व्यवसाय, भारत वा तेस्रो मुलुकबाट आयात निर्यात सम्बन्धी व्यवसाय लगायतका अन्य सेवा तथा व्यवसाय र साना तथा मझौंला उद्योग संचालनमा रहेको सूचना शाखाले जनाएको छ ।
कर सहभागीता वर्षको रुपमा घोषणा गरिएको अवसरमा लामो समय अवधीसम्म व्यवसायकर नबुझाएका व्यवसायीहरुलाई करको दायरामा ल्याउन नगरपालिकाले पहल गरेको छ ।
स्थानीयवासीहरुले उद्योग तथा व्यवसाय संचालनको क्रममा विभिन्न किसिमका चुनौतिहरुको आइपरेका हुन्छ । जसले गर्दा सोचे र चाहे जतिको कारोवार नहँुदा घाँटामा समेत संचालन गर्नु पर्ने अवस्था सृजना भएको देखिन्छ ।
समय र परिस्थिले साथ नदिदाँ व्यवसायीहरु मारमा परेको छन् । कतिपय उद्योग व्यवसाय बन्द समेत भएको छ । नगरपालिकाले लघु, घरेलु, तथा साना उद्योगहरु र प्राइभेट तथा साझेदारी फर्महरुलाई प्रोत्साहन स्वरुप व्यवसाय दर्ता, अनुमति, नवीकरण तथा खारेजी सम्बन्धी कार्यका साथै उद्योग तथा व्यवसाय स्थापना र संचालन सम्धी परामर्श सेवा उपलब्ध गराएको सूचनाशाखा प्रमुख कमल कान्त अर्यालले बताए ।