logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    व्यक्ति व्यक्तित्व ः डा. महेन्द्र नाथ लोहानी


    १९ पौस २०८१ , शुक्रबार

    व्यक्ति व्यक्तित्व ः डा. महेन्द्र नाथ लोहानी

    शालग्राम अधिकारी
    डा. महेन्द्र नाथ लोहानीको देन धेरै छ । नेपालका धेरै किसानहरुलाई उनले गुन लगाएका छन् । त्यसैले यो लेखमा मैले उनको बारेमा केही लेख्ने प्रयास गरेको छु ।
    डा. महेन्द्र नाथ लोहानीको जन्म नुवाकोट जिल्लामा भएको हो । नुवाकोटमै एस.एल.सी पास गरेर काठ्माडौं आए । काठ्माडौ लेनचौरमा रहेको अमृत साइन्स कालेजबाट आइ.एस.सी पास गरे । छात्रबृत्ति पाएर भारत गएर बि.मि.एस.सी एण्ड ए.एच पास गरेर नेपाल आए । पशुसेवा विभागबाट नियुक्तिपत्र लिएर पाल्पा गए र पाल्पाको भेटेरीनरी अस्पतालमा काम गर्न सुरु गरे ।
    त्यति वेला पाल्पामा जर्मन सरकारको सहयोगमा तिनाउँ जलाधार योजना कार्यरत थियो । पाल्पाको भेटेरीनरी अस्पतचाल पनि त्यो योजना अन्तर्गत पर्दथ्यो ।
    दाताका सल्लाहकारहरुले डा. महेन्द्र नथाको कामलाई मन पराए । त्यही प्रोजेक्टको सहयोगले उनी छनोटमा परे र फिलिपिन्समा एम.मि.एस.सी पढ्न गए । पढ्दा पढ्दै उनकी एउटी कन्यासंग प्रेम भयो र विवाह पनि भयो । महिलाको थोरै पढाई बाँकी थियो । त्यसैले उनलाई पर्खर्दै त्यस पि.एच.डी गर्न भ्याए ।
    महिलाको एक.मि.एस.सीर आफ्नो पि.एच.डि सकेर दुबै जना एकै पटक नेपाल फर्के ।
    नेपाल आएर श्रीमतिलाई काठ्माडौंको चावेलमा एउटा दलान खाली गराएर भेरेरिनरी क्लिनिक खोली दिए । एउटाभेरेरिनरी सहायक पनि राखि दिए । त्यो क्लिनिक राम्रै चल्यो ।
    लोहानीजी मलाई भन्थे, –“नेपालमा एउटी महिला भेरेरिनरी डाक्टरले प्राइभेट क्लिनिक खोलेको उदाहरण छ त दाई ?”
    म भन्थे,–“यो पहिलो उदाहरण हो । तिमी यस्तो पहिलो व्यक्ति हौ । नयाँ रेकर्ड राख्यौं ।”
    आफु पशुसेवा विभाग हरिहर भवनमा हाजिर भएर जिल्ला जिल्लामा भ्रमण गर्न थाले । भ्रमणकै शिलशिलामा एक पटक उनी चितवन गएर चितवनाका किसानहरुको सेवा गर्न थाले । चितवनाका किसानहरुले उनको सेवा मन पराए र अग्रह गरे । “ डाक्टर साहेब तपाई सरकारी जागिर छोडेर चितवनमै स्थायी रुपले बस्नुस । तपाईलाई हामीहरु सरकाले भन्दा बढी तलब दिन्छौं । ”
    लोहानीले मन्जुर गरे । नोकरी चितवनमै स्थायी रुपमा बस्न थाले । पत्नीलाई पनि भेरेरिनरी क्लिनिकबाट छुटाएर चितवनमै लगे । दुबैले चितवनका किसानहरुको पशुसेवा कार्यक्रममा सहयोग गर्न थाले । यही बिचमा अमेरिकाबाट एउटा प्रोजेक्ट आयो । प्रोजेक्टको नाम थिर्यो हिफर’ ।
    हिफर प्रोजेक्टले एक जना नेशनल डाइरेक्टरको खोजी गर्यो । विज्ञापन गर्यो । दरखास्त लियो । अन्तर्वार्ता गर्यो । लोहानीजी छनोटमा परे । उनको योग्यता पनि थियो र अनुभव पनि थियो । नियुत्ति पाएर काम गर्न थाले । फेरी त्यो प्रोनजेक्ट मार्फत पाल्पा जानेअवसर पाए । पाल्पाली किसानले उनलाई धेरै मन पराए । धेरै जिल्लाहरुमा घुमे । धेरै अनुभव गरे ।
    एकदिन म जाउलाखेलवाट हरिहर भवन तर्फ जाँदै थिए । मुलचोक नेर मेरो अगाडि एउटा गाडी आएर अडियो । लोहानीजी देखिए । उनले मलाई गाडीमा चढ्न अग्रह गरे । म चढे । उलने भने,–“आज म तपाईलाई जहाँ भन्नुहुन्छ, त्यही पु¥याइदिन्छु ।”
    मैले भने,–“त्यही हरिहर भवन सम्म हो । ”
    उनले मलाई हरिहर भवनको कृषि विभागको गेटसम्म पु¥याइदिए ।
    उनलाई मैले सोधे,–“यो गाडी त पजेरो भन्दा माथि जस्तो छ नि ।”
    उनले स्वीकार गरे,–“हो दाई पजेरो भन्दा माथि नै हो ।”
    उनी मलाई छोडेर आफ्नो काममा लागें । म कृषि विभाग भित्र पसेर आफ्नो काममा लागे. ।
    लामो समयपछि उनलाई उनको प्रोजेक्ट नेशनल डाइरेक्टरबाट प्रमोशन गरेर इन्टरनेशनल डाइरेक्टर बनाइदियो । उनी नेपाल छोडेर अमेरिका तिर लागे । अमेरिका गए त पनि नेपाल आइरहन्थे र पाल्पा गइरहन्थे । एक पटक पाल्पा गएको बेलामा पश्चिम पाल्पाको छहरा गए । ठूलो पानी प¥यो ता पनि छहराका किसानहरुले पानीमा भिजेर भए पनि उनलाई स्वागत गरे । लोहानीलाई सबै किसानहरुले धेरै मन पराउँथे ।
    हेफर प्रोजेक्टले किसानलाई बाख्रा पालनमा सहयोग पु¥याउँथ्यो । लोहानी इन्टरनेशनल चीफ भएपछि नेपाललाई नेशनल चिफकोआवश्यकता प¥यो । विज्ञापन भयो । फेरी पाल्पाले नै त्यो अवसर पायो । पाल्पाको भेटेरीनरी अस्पतालका प्रमुख भेटेरिनरी डाक्टर रेग्मीजीले त्यो पाए । उनले पनि त्यो प्रोजेक्टमा लामो समय काम गर्ने मौका पाए ।
    एक पटक म छुट्टीमा घर गएको वेलामा लाहानीजी गाडी लिएर मेरो घरमा आएर भने,–“म तपाईको बुथमा चुनाव गराउन खटिएको छु । तपाईलाई लिएर जान्छु । मलाई सहयोग गर्नुस् ।” मैले धेरै ठाउँमा चुनाव गराएको कुरा उनलाई थाहा थियो । त्यसैले उनले मेरो सहयोग लिन चाहन्थे । मलाई पनि त्यो बुथमा भोट दिन जानु थियो । राम्रै भयो । उनले मलाई सहयोग गरे । मैले उनलाई सहयोग गरें । त्यतिवेला जनमत संग्रहको बेला थियो र म छुट्टीमा घर आएको थिए । धन्य हुन् डा. महेन्द्र नाथ लोहानीजी !

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.