logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    मतपेटिका प्रहरीको नियन्त्रणमा, मर्चवार लिफ्ट सिँचाई निर्वाचन विवाद


    ७ माघ २०८१ , सोमबार

    मतपेटिका प्रहरीको नियन्त्रणमा, मर्चवार लिफ्ट सिँचाई निर्वाचन विवाद

    मर्चवार, माघ ७ ।  मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको निर्वाचन विवादित बन्न पुग्दा मतपेटिका प्रहरीको नियन्त्रणमा राखिएको छ। माघ ३ गते सम्पन्न चार वटा ब्लकको मतदानपछि मतगणना स्थगित गरिएको छ। निर्वाचनको दौरान ब्लाक नं. १, २, २ बी र २४ बी मा विवादहरू उठेपछि मतगणना सम्भव हुन सकेन। मतपेटिका प्रहरीको निगरानीमा राखिएको छ। विवादका कारण मतदान प्रक्रियामा दुबै पक्षको असहमति उत्पन्न भएको छ। ब्लाक नं. १ मा १०१ मत, ब्लाक नं. २ मा ८७ मत, ब्लाक नं. २ बी मा ६६ मत र ब्लाक नं. २४ बी मा ४५ मत गरी कुल २ सय ९९ मतको मतगणना रोकिएको छ।

    विवादित विषयमा उम्मेदवार राजेन्द्र यादवले खेत बिक्रि गरेर अन्य व्यक्तिलाई मतदाता बनाइएको आरोप लगाएका छन्। उनले भने, “खेत बुवाको नाममा छ, तर छोरा र नातिहरुको नाममा पानी शुल्क रसिद काटेर फर्जी मतदाता तयार पारिएको छ। यसबाट सत्यता मेटाइएको छ। हामीले पहिले नै यसविरुद्ध आपत्ति जनाएको थियौं, तर मतदानको बेला तिनीहरूकै फर्जी नामबाट मतदान भएकोले हामी असन्तुष्ट छौं। त्यसैले मतगणनाको प्रक्रियामा हाम्रो सहमति छैन।” त्यस्तै, ब्लाक नं. २५ मा ७४ जनाको ठाउँमा फर्जी नामावली तयार पारेर १ सय ७४ जना मतदाता बनाइएको आरोप यादवले लगाएका छन्।

    निर्वाचन प्रक्रियामा भाग लिएका दुई पक्षको सहमतिमा मतदान भएको भए पनि विवादपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत तथा सिँचाई डिभिजन कार्यालय रुपन्देहीका ईन्जिनियर विवेक साहले जानकारी दिए। उनले भने, “निर्वाचनको लागि प्रकाशन गरिएको नामावली र मतदान प्रक्रिया दुबै पक्षको सहमतिमा थियो। मतदानपछि मतपेटिका सुरक्षित राख्न पनि दुबै पक्षको सहमति थियो। तर मतगणनाको समयमा विवाद सिर्जना भएकोले मतगणना हुन नसकेको हो।”

    मतपेटिका बाहिरबाट आएको भीडले मतपेटिका जलाउने र मार्ने धम्की दिन थालेपछि सुरक्षाका लागि मतगणना तत्कालका लागि स्थगित गरिएको हो। निर्वाचन अधिकृत साह अनुुसार, “घटनाको चौतर्फी विरोध भएपछि मतपेटिका सुरक्षित स्थानमा राखिएको छ। सशस्त्र प्रहरी बल नेपालको सुरक्षा बेस करौता (दुईमोहान) मा मतपेटिका राखिएको छ।”
    त्यस्तै, विवादित ब्लाक नं. १ मा चिनगुद चौधरी, सुभान खान र स्माइल मुसलमान, ब्लाक नं. २ मा इन्ताफ मुसलमान, सुर्यनाथ यादव, ब्लाक नं. २ बी मा सुग्रीम यादव, प्रमानन्द चौहान, ब्लाक नं. २४ बी मा राजेन्द्र यादव र आशिक अली धुनिया चुनावी प्रतिस्पर्धी रहेका छन्। कुल १ सय ३० ब्लक भएको मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थामा १ हजार ७ सय १० मतदाता रहेका छन्। विवादका कारण मतगणना अब मुख्य समितिको निर्वाचनपछि मात्र हुनेछ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.