logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    शिक्षक सरुवाको आडमा मैनहिया स्कुलमाथि षड्यन्त्रः ८६३ विद्यार्थीको भविष्य अन्योलमा


    २६ माघ २०८१ , शनिबार

    शिक्षक सरुवाको आडमा मैनहिया स्कुलमाथि षड्यन्त्रः ८६३ विद्यार्थीको भविष्य अन्योलमा

    राजन चाैधरी/ सियारी ।


    माघ २६ । रुपन्देहीको सियारी गाउँपालिका वडा नं.–२ मा रहेको मैनहिया माध्यमिक विद्यालयमा शिक्षक सरुवा पछि विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, शिक्षक तथा स्थानीय जनप्रतिनिधिहरूको नेतृत्वमा चरणबद्ध आन्दोलन सुरु भएको छ। आन्दोलनकारीहरूले शिक्षक सरुवालाई विद्यालय माथि योजनाबद्ध षड्यन्त्रकोरुपमा व्याख्या गर्दै तत्काल समाधान नभए थप कडा संघर्ष गर्ने चेतावनी दिएका छन्।

    गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेसहित प्रमुख प्रशासकीय अधिकृत असर जिसी र उपाध्यक्ष तारा थारुलाई समस्याको समाधान गर्न दबाब दिँदै आन्दोलनकारीहरूले स्पष्टरूपमा प्रश्न उठाएका छन्। आन्दोलनको अगुवाई गरिरहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अयोध्या थारुले भने, “जसरी शिक्षक सरुवा गरिएको हो, त्यसरी नै स्थानीय सरकारले व्यवस्थापन गर्न सक्छ। तर मैनहिया विद्यालयलाई मात्र किन मारमा पारियो? यो विद्यार्थीहरूको भविष्यमाथिको खुला खेलवाड हो।’’ उनले ८६३ विद्यार्थीको भविष्यलाई भेडा–बाख्राको रूपमा भएको भन्दै यो निर्णय अन्यायपूर्ण भएको धारणा व्यक्त गरे। साथै, मैनहिया विद्यालयप्रति स्थानीय सरकारको विभेदकारी नीति स्वीकार्य नहुने स्पष्ट पारे।

    गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले आन्दोलन शान्त गर्न शिक्षा समिति बैठक बोलाएर तत्काल समाधान खोज्ने प्रतिबद्धता जनाएका छन्। “स्थानीय तहले व्यवस्थापन गर्न नसकेमा सरकारसँग माग गर्नेछौं,” उनले भने। तर पूर्वअध्यक्ष अयोध्या थारुले विद्यालय व्यवस्थापनमाथिको जिम्मेवारीबाट पन्छिनु स्थानीय सरकारको असफलता भएको बताउँदै भने, “विद्यार्थीहरूको भविष्यसँग खेलवाड गर्न कुनै हालतमा दिन सक्दैनौं। यो सरुवा निर्णय रणनीतिक दमनको एक हिस्सा हो।”

    अभिभावक संघ र जनप्रतिनिधिहरूले पनि तत्काल समस्याको समाधान नआए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। सियारी गाउँपालिकामा सुरु भएको यो आन्दोलनले स्थानीय शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.