लुम्बिनीखबर
सिद्धार्थनगर, ३० माघ । रुपन्देही जिल्लाको सियारी गाउँपालिका वडा नं. २ का साधु अहिरको नम्बरी जग्गामा जबरजस्ती बाटो निर्माण भैरहेको छ ।
जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष समेत रहेका अवधराज यादवले जिल्लाको साबिक बर्सौली गा.वि.स वडा नं. ९ क मा रहेको कि.नं. ८८९ को १ कट्ठा ३ धुर रहेको नम्बरी जग्गामा व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि गिद्दे नजर राखेका साधु अहिरले भने ।
साधु अहिरले भने, “ वडा अध्यक्ष अवधराज यादवले आफ्नो कुर्सी र पावरका बलमा जिल्ला अदालतको आदेशको धज्जी उडाएका छन् । जिल्ला अदालतमा रोक्काका लागि जग्गा खिचोलाको मुद्दा दाखिला गरि सो मुद्दा माथि सम्मानित जिल्ला अदालतले जग्गामा बाटो निर्माण नगर्नु र नगराउनु यथास्थितिमा राख्नु भनी विपक्षीको नाममा मुलुकी देवानी अनुसार आदेश जारी गरेको छ । तर उनले अदालतको रोक्कालाई आफु उलङ्घन गरेका छन् । ”
अदालतको आदेशसंग विपक्षी र गाउँपालिका, वडा कार्यालय समेत जानकार रहेका छन् । तर पनि बाटो निर्माण काम रोकिएको छैन साधु अहिरले भने ।
साधु अहिरका अनुसार, “अवधराज यादव आफु एक सचेत जननिर्वाचित जनप्रतिनिधिले यस्तो कार्य गरेका छन् । म अन्यायमा परेको छु, सम्मानीत जिल्ला अदालतले दिएको आदेश अनुसार सरोकारवालले नमानेपछि आफु कहाँ जाने, के गर्ने भनि निराश भएको छु ।”
लुम्बिनीखबर पत्रिकाका संवाददाताले यस विषयमा वडा अध्यक्ष अवधराज यादवसंग गरेको कुराकानी ।
बाटो निर्माण कार्य प्रदेशको योेजना अनुसार भइरहेको छ । आफ्नो नम्बरी जग्गाको पुर्व पश्चिम लम्बाई ४ सय ५० फिट रहेको छ । त्यसैमा म आफु राजीखुसी नापजाँच गरी निर्माणमा समन्वय गरेको गरेको छु । साधु अहिरको केही भाग परेको छ । तर त्यसलाई नापजाँच गरी र अदालतको आदेशको पालना गरेका छौं वडा अध्यक्ष अवधराज यादवले भने ।
वडा अध्यक्ष अवधराज यादवका अनुसार, –“बाटो निर्माण कार्य प्रदेश सरकारको योजना र बजेटबाट भैरहेको छ । यस योजना संग आफुलाई कुनै सरोकार छैन । तर अदालतको आदेश अनुसार नापजाँच गरी निर्माण गर्नका लागि पहल गर्ने छौं । ठेक्का लिने व्यक्ति आफ्नै टोलबासी हुन । यस विषयलाई गम्भिर रुपमा लिएर मात्र काम अगाडि बढाउनु पर्ने हुन्छ ।”