लुम्बिनीखबर
भैरहवा, २० फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औँ स्थापना दिवसको अवसरमा फलफूल वितरण गरिएको छ ।
मंगलबार महासंघले एक कार्यक्रमको आयोजना गरी भीम अस्पतालका ६० भन्दा बढी बिरामीहरुलाई फलफूल वितरण गरेको हो ।
कार्यक्रममा भीम अस्पतालका अध्यक्ष डा. अनन्त कुमार शर्माको प्रमुख अतिथ्यतामा गरिएको हो । शर्माका अनुसार स्थापना दिवसको अवसरमा महासंघले गरेको कार्य प्रशंशाजनक रहेको छ । यसबाट बिरामीहरुमा हौशला बढ्नुको साथै स्वास्थ्यमा समेत सहयोग पुग्ने बताउनुभयो ।

स्थापना दिवसको अवसरमा संघले नयाँ नयाँ सामाजिक कार्यहरु गर्दै आइरहेको सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजन विश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै निवर्तमान सुनचाँदी परामर्श संयोजनक प्रेम सेन्चुरीले नेपाल सुनचाँदी व्यवसायी संघले आफ्नो स्थापना दिवसलाई संधै विशेष रुपले मनाउने गरेको बताउनुभयो ।
त्यस्तै रुपन्देही जिल्लाका अध्यक्ष गोपाल रामदामले १२ औँ स्थापना दिवसको शुभकामना दिदै सबै सुनचाँदी व्यवसायीले यो उदाहरणीय कार्यहरु गर्दै आएको र यसलाई निरन्तरता समेत दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य प्रेम रामदामले गर्नुभएको थियो भने सञ्चालन गणेश विश्वकर्माले गर्नुभएको थियो ।
