लुम्बिनीखबर
लुम्बिनी, फाल्गुन । रुपन्देहीको लुम्बिनी सास्कृतिक नगर पालिका वडा नं ४ मनौरा जयनगरा घाटमा श्री विशाल विष्णु महायज्ञ शुरु भएको छ ।
मनौरा जयनगरा घाटमा रहेको श्री राम जानकी मन्दिरको प्रङगढमा हुन लागेको ९ दिने श्री विशाल विष्णु महायज्ञ आज देखि शुरु भएको छ ।

सो यज्ञ उद्घाटनका लागि शनिवार कलश यात्रा गरिएको हो ।
उदघाटन समारोहमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्व नगर प्रमुख मनमोहन चौधरीले रिविन कटी उदघाटन गर्नु भएको थियो ।

कार्यक्रममा शिक्षक, समाजसेवि, श्रध्दालु भक्तजन, बालबालिका लगायतको उपास्थितिमा महायज्ञको समुद्घाटन गरिएको महायज्ञका आयोजक आशोक कुमार गोस्वामीले बताउनुभयो।