पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, ९ जेठ । रूपन्देहीको ओम सतिया गाउँपालिका वडा नं ५ को ऐतिहासिक पोखरीमा जल उत्पन्न प्रकोप कृत्रिम घटनाको अभ्यास सम्पन्न भएको विपत् व्यवस्थापन समितिका सूचना शाखाले जनाएको छ। आज एक कार्यक्रम बीच बाढीको डुबानमा परेको व्यक्तिलाई कसरी उद्धारकर्मीले उद्धार गर्ने र कसरी स्थानीयले सही समयमा सम्बन्धित निकायमा सूचना दिने विषयमा विपद को जोखिम मा परेकोलाई कसरी उद्धार गरिएको थियो र स्वास्थ्यकर्मीटोलीसम्म एम्बुलेन्स ले पु¥याएको दृश्य देखाइएको नेपाली सेना तारा दल गण र सशस्त्र प्रहरी २७ नम्बर गण रूपन्देही सुरक्षा समितिको सहयोग जल उत्पन्न प्रकोप कृत्रिम घटनाका कार्यक्रम सम्पन्न भएको संयुक्त टोलीका प्रमुखले जानकारी दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारीले हाम्रो देश बहु प्रकोपीय जोखिममा २० औँ स्थानमा रहेको छ भने बाढी जन्यजोखिमा १३औं स्थानमा तथा बाढी पहिरो जोखिमको ३०औं स्थानमा रहेको छ ।
बाढीको मात्र क्षति भन्नुपर्दा सन् २००२० देखि सन् २०२३ सम्म १२४ हराएको ८६ घाइते ४२ विस्थापित परिवार ९३३ तथ्याङ्कले देखाएको प्रमुख अधिकारीको भनाइ रहेको थियो। हाम्रो देश भूकम्पीय जोखिमको ११औं स्थान १९८ देशमा जलवायु परिवर्तन ४ औँ स्थान जल उत्पन्न प्रकोप ३०औँ स्थान सडक दुर्घटना ५० औँ स्थान राष्ट्रिय योजना आयोगको प्रतिवेदन अनुसार नेपालमा रहेको ३६२४ वटा हिमतालमध्ये २१ वटा विस्फोट हुने खतरामा छ ।
कार्यक्रममा ओम सतिय गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादव। ओम सतियाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थी ओम सतिया पालिका प्रवक्ता वडा नम्बर ५ का वडाध्यक्ष मदनप्रसाद पोखरेल स्थानीय र जनप्रतिनिधि सञ्चारकर्मी लगायतका उपस्थिति रहेको थियो ।