logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    आइडिया स्टुडियोद्वारा कलेज हण्ट कार्यक्रम


    २३ साउन २०८२ , शुक्रबार

    आइडिया स्टुडियोद्वारा कलेज हण्ट कार्यक्रम

    लुम्बिनीखबर
    श्रावण २३, मणिग्राम । रूपन्देहीको मणिग्राम स्थित राममणि बहुमुखी क्याम्पसमा आइडिया स्टुडियोले कलेज हण्ट कार्यक्रम सम्पन्न गरेको छ । नेपाली विद्यार्थीलाई नेपालमै इलम गर्ने वातावरण निर्माणका लागि कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

    कार्यक्रम अन्तर्गत क्याम्पसमा अध्ययनरत विद्यार्थीका नवप्रवर्तनसँग सम्बन्धित योजनालाई प्रतिस्पर्धा गराई तिनै योजनामा उद्यम–व्यवसाय सञ्चालनमा सहजीकरण गरिने आइडिया स्टुडियोका अनिल बस्नतेले जानकारी दिनुभयो ।

    क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, तिलोत्तमा ६ का वडाध्यक्ष गणेश पाठक, नगर कार्यपालिका सदस्य रवि सेञ्चुरी लगायतले स्वरोजगार र व्यवसायिकतामा अघि बढेमात्र देश विकाश गतिशील हुने बताउनुभयो ।

    विद्यार्थी परामर्श तथा सहयोग समितिका संयोजक भिमलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका स्नातक तह अन्तर्गत बी.बी.एस., बी.ए. र बी.एड.का विद्यार्थीसँगै प्राध्यापकहरूको सहभागिता रहेको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.