logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिटिजन लाइफका ग्राहकलाई एसियन बुद्ध होटलमा १५ प्रतिशत छुट


    १७ भाद्र २०८२ , मंगलबार

    सिटिजन लाइफका ग्राहकलाई एसियन बुद्ध होटलमा १५ प्रतिशत छुट

    भैरहवा, भाद्र १६ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकलाई भैरहवास्थित एसियन बुद्ध होटलले सम्पूर्ण सेवामा १५ प्रतिशत छुट दिने भएको छ। कम्पनीसँग आबद्ध अभिकर्ता, बीमित, कर्मचारी र एजेन्सी म्यानेजरले पनि सो छुट सुविधा प्राप्त गर्नेछन्।

    सोमबार होटल र इन्स्योरेन्स कम्पनीबीच भएको सम्झौताअनुसार एक वर्षसम्म लागु हुनेगरी छुट उपलब्ध गराइनेछ। सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा एसियन बुद्ध होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डे, अपरेशन म्यानेजर जे.पी. सुवेदी, सिटिजन लाइफ इन्स्योरेन्सका रिजनल म्यानेजर नरेश सिग्देल तथा भैरहवा शाखा प्रमुख गिरिजा खनाल उपस्थित थिए।

    चारतारे स्तरको एसियन बुद्ध होटल सिद्धार्थनगर नगरपालिका–८, बसडिलवामा अवस्थित छ। यसअघि पनि होटलले विभिन्न संस्थासँग सहकार्य गर्दै छुट सुविधा उपलब्ध गराउँदै आएको छ। हालै मात्र होटल र एनआईसी एशिया बैंकबीच भएको सम्झौताअनुसार बैंकका डेबिट, क्रेडिट, प्रिपेड कार्डधारक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सम्पूर्ण सेवामा १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ। साथै, बैंकका कर्मचारीले समेत होटलका सेवासुविधामा समान छुट पाउने व्यवस्था गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.