logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो


    २३ भाद्र २०८२ , सोमबार

    सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो
    Oplus_16777216

    लुम्बिनीखबर

    काठमाडौं, २३ भदौ । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

    सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

    दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो ।

    ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

    घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।
    भ्रष्टाचारको विरुद्धमा सोमबार जेनजी पुस्ताले माइतीघर र बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । गम्भीर रहेको स्वास्थ्य मन्त्रालयका ‘सिभिलमा उपचाररत १७ जनाको अवस्था गम्भीर छ ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.