logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    धकधई सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा फेरि भेटौँला कार्यक्रम


    १८ मंसिर २०८२ , बिहिबार

    धकधई सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा फेरि भेटौँला कार्यक्रम

    पशुपति यादव । लुम्बिनीखबर

    रोहिणी, मंसिर । धकधई सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा आज एक विशेष कार्यक्रमबीच धकधई इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादवलाई “फेरि भेटौँला” विदाई कार्यक्रम सम्पन्न भएको छ।

    लामो समयदेखि सो क्षेत्रमा खटिएका प्रहरी प्रमुख यादवको सरुवा भएपछि स्थानीय समुदायले उहाँलाई भावुक विदाई गरेका हुन्।

    कार्यक्रमका प्रमुख अतिथि तथा निवर्तमान रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले प्रहरी प्रमुख यादवको कार्यशैलीको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “प्रहरी हाम्रो साथी हो भन्ने नारा यहाँ साँच्चै मुस्कानसहितको सेवा बनेर जनता–जनार्दनमाझ पुगेको छ। निर्णायक कुर्सीमा बस्नु भनेको धर्मराजको काँटा जोख्नुजस्तै हो, तर श्याम प्रकाश यादवले न्याय, निष्पक्षता र मिलनसारिताको उत्कृष्ट नमुना प्रस्तुत गर्नुभयो।”

    कार्यक्रममा बोल्ने समाजसेवी दिलिप मणि त्रिपाठी, छेदी गुप्ता, कान्छा कोहार लगायत स्थानीय अगुवाहरूले पनि प्रहरी प्रमुख यादवलाई “समाजको दर्पण” को संज्ञा दिनुभयो। उहाँहरूले उहाँको मिलनसार स्वभाव, कानुनी ज्ञान र शान्ति–सुरक्षामा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।

    विदाई हुने प्रहरी प्रमुख यादवले पनि स्थानीयको माया र सहयोगले आफ्नो जिम्मेवारी पूरा गर्न सजिलो भएको बताउँदै आगामी दिनमा पनि समुदायसँग जोडिएर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    धकधई सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव पन्जाबी यादवले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन पत्रकार पशुपति यादवले गर्नुभएको थियो भने केन्द्रका अध्यक्ष जयप्रकाश यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।

    कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक, व्यापारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। विदाईको क्रममा प्रहरी प्रमुख यादवलाई दोसल्ला, माला सहित भावुक विदाई गरिएको थियो।

    स्थानीयले प्रहरी र समुदायबीचको यो सम्बन्धले शान्ति–सुरक्षा थप मजबुत बनेको बताउँदै नयाँ आउने प्रहरी प्रमुखले पनि यही परम्परालाई निरन्तरता दिने अपेक्षा व्यक्त गरेका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.