logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कृष्णनगरमा लुम्बिनी नेत्रालय भैरहवाको शाखा दैनिक सञ्चालनमा, स्थापना अवसरमा निःशुल्क आँखा जाँच र विशेष छुट


    ११ पौस २०८२ , शुक्रबार

    कृष्णनगरमा लुम्बिनी नेत्रालय भैरहवाको शाखा दैनिक सञ्चालनमा, स्थापना अवसरमा निःशुल्क आँखा जाँच र विशेष छुट

    शहबाज खान । लुम्बिनीखबर 

    कृष्णनगर, पुस । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा लुम्बिनी नेत्रालय भैरहवाको शाखा दैनिक रूपमा सञ्चालनमा आएको छ । भैरहवास्थित लुम्बिनी नेत्रालयका वरिष्ठ नेत्र विशेषज्ञहरू तथा छन्द (काले बाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जका पूर्व वरिष्ठ नेत्र विशेषज्ञहरूको टोलीद्वारा कृष्णनगर शाखामा विशिष्टीकृत आँखा उपचार सेवा सुरु गरिएको हो ।

    नयाँ शाखाबाट भिट्रियो रेटिना क्लिनिक, कोर्निया क्लिनिक, ग्लुकोमा क्लिनिक तथा अत्याधुनिक टोपिकल फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सेवा उपलब्ध गराइने नेत्रालयले जनाएको छ । मधुमेह र उच्च रक्तचापका कारण आँखाको पर्दामा पर्ने असर, रेटिनासम्बन्धी समस्या, कोर्निया प्रत्यारोपण, ग्लुकोमा उपचार तथा लेजर र सर्जरी सेवासमेत यहाँबाट प्रदान गरिनेछ ।

    स्थापनाको अवसरमा लुम्बिनी नेत्रालयले विशेष छुटको व्यवस्था गरेको छ । जसअन्तर्गत निःशुल्क आँखा जाँच, डायग्नोस्टिक सेवामा ५० प्रतिशत छुट तथा एडभान्स फेको प्रविधिबाट गरिने मोतियाबिन्दुको अपरेशनमा ५० प्रतिशत छुट प्रदान गरिने जानकारी दिइएको छ । यो सुविधा २०८२ साल पौष १२, १३ र १४ गते (तदनुसार डिसेम्बर २७, २८ र २९) सम्म लागू हुने जनाइएको छ ।

    कृष्णनगर शाखा विद्युत् कार्यालय अगाडि, मुख्य सडक, डा. अनवर अहमद खाँको क्लिनिक भवनमा सञ्चालनमा रहेको छ । स्थानीय नागरिकलाई गुणस्तरीय तथा विशेषज्ञ आँखा उपचार सेवा आफ्नै क्षेत्रमा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्चालनमा ल्याइएको लुम्बिनी नेत्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.