logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा छैटौँ माघी खिचडी महोत्सवको भव्य तयारी हुँदै


    १८ पौस २०८२ , शुक्रबार

    लुम्बिनीमा छैटौँ माघी खिचडी महोत्सवको भव्य तयारी हुँदै

    अन्जना चौहान। लुम्बिनीखबर

    लुम्बिनी, पुस । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा थारु समुदायको प्रमुख पर्व माघीको अवसरमा आयोजना हुने छैटौँ माघी खिचडी महोत्सवको तयारी तीव्र पारिएको छ।

    थारु आदिवासी युवा संघले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १० स्थित महिलवार बजारमा यही माघ ३ गते महोत्सव आयोजना गर्ने भएको हो।

    महोत्सवको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल थारु चौधरीले माघी पर्व थारु समुदायको सांस्कृतिक पहिचान, सामाजिक एकता र श्रमको सम्मानको प्रतीक भएको बताए। उनले यो पर्व नयाँ वर्षको शुभारम्भ मात्र नभई आपसी मेलमिलाप र आत्मसम्मानको उत्सव महोत्सवलाई यस वर्ष अझ भव्य बनाउने लक्ष्य रहेको जानकारी दिए।

    महोत्सवमा थारु समुदायका मौलिक परिकारहरूको प्रमुख आकर्षण रहनेछ। परम्परागत खिचडीका साथै ढिक्री, घोँगी, लोकल कुखुराको मासु, विभिन्न तरकारी, अचार, चटनी र दही जस्ता स्वादिष्ट खानाहरू प्रस्तुत गरिने छ।

    सांस्कृतिक कार्यक्रमतर्फ झुमरा, बिरहा, मयुर नाच, लाठी नाच लगायतका परम्परागत नृत्यहरू प्रस्तुत हुनेछन्। यसैगरी बैण्ड बाजा, ढोल, झ्याली, नगडा, बाँसुरी जस्ता बाजाहरूको धुनमा दर्शकहरू रमाउने छन्।

    थारु भेषभूषाको प्रदर्शनी पनि महोत्सवको विशेष आकर्षण बन्नेछ। महिलाहरूले झुम्का, बुलाकी, चुरा, कम्मरमा पेटी, फरिया, चोली, ओढनी, कडा पछेडा र हसुली जस्ता आभूषणहरू लगाएर प्रस्तुत हुने छन्।

    संघकी उपाध्यक्ष मीरा देवी चौधरीले महोत्सवले थारु संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्। उनले युवा पुस्तालाई आफ्नो पहिचानप्रति गर्व गर्न प्रेरित गर्ने र सबै जातजातिका दर्शकहरूलाई थारु संस्कृतिको आत्मीयता अनुभव गर्न आमन्त्रण गरिन्।

    आयोजकहरूका अनुसार यो महोत्सवले सामाजिक सद्भाव मजबुत बनाउनुका साथै सांस्कृतिक आदान–प्रदान र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.