logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    आन्तरिक राजस्व कार्यालय भैरहवाले लक्ष्यभन्दा १३.३ प्रतिशत बढी राजस्व उठायो


    ५ साउन २०८३ , मंगलबार

    आन्तरिक राजस्व कार्यालय भैरहवाले लक्ष्यभन्दा १३.३ प्रतिशत बढी राजस्व उठायो

    कमल रायमाझी
    भैरहवा,५ साउन । आन्तरिक राजस्व कार्यालय भैरहवाले आर्थिक वर्ष २०८२ / ०८३ मा निर्धारित लक्ष्यभन्दा १३.३ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले लक्ष्यभन्दा करिब रु. २अर्ब २३ करोड २९ लाख बढी राजस्व उठाउँदै कुल रु. १९ अर्ब १६ करोड २४ लाख बढि राजस्व सङ्कलन गरेको हो।

    आन्तरिक राजस्व कार्यालय भैरहवाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षका लागि रु. १६ अर्ब ९२ करोड ९५ लाख बढि राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएको थियो। कार्यालयले लक्ष्यको ११३.३ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ।

    कार्यालय प्रमुख प्रेमराज पोख्रेलले कर प्रशासनलाई प्रविधिमैत्री बनाउने, करदातामैत्री सेवा विस्तार गर्ने, करको दायरा फराकिलो बनाउने तथा नियमित अनुगमनलाई प्रभावकारी बनाएकै कारण लक्ष्यभन्दा बढी राजस्व सङ्कलन सम्भव भएको बताउनुभयो। उहाँले स्वेच्छिक कर सहभागिता बढ्दै जानु र कर प्रशासनप्रतिको विश्वास मजबुत हुनु पनि राजस्व वृद्धिका प्रमुख आधार रहेको उल्लेख गर्नुभयो।

    कार्यालयका अनुसार आयकरबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको छ। त्यसपछि मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, बहाल कर र ब्याज कर शीर्षकबाट उल्लेखनीय राजस्व उठेको छ। गत आर्थिक वर्षको तुलनामा अधिकांश शीर्षकमा राजस्व सङ्कलनमा सुधार देखिएको कार्यालयले जनाएको छ।

    आन्तरिक राजस्व कार्यालय भैरहवाका सूचना अधिकारी नरेश पन्थीका अनुसार करदातालाई डिजिटल सेवा विस्तार, समयमै कर विवरण बुझाउने अभियान, कर शिक्षा कार्यक्रम तथा नियमित कर परीक्षणका कारण राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको हो। उहाँले चालु आर्थिक वर्षमा पनि कर चुहावट नियन्त्रण, करदातामैत्री सेवा विस्तार तथा राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउने कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

    कार्यालयले चालु आर्थिक वर्ष २०८३ / ०८४ मा पनि लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न कर प्रशासनलाई अझ प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने रणनीतिअनुसार काम अघि बढाएको जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.