logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    रूपन्देही प्रहरीद्वारा भदौमा १ करोड ८९ लाखका अवैध सामान बरामद


    ९ असोज २०८३ , शुक्रबार

    रूपन्देही प्रहरीद्वारा भदौमा १ करोड ८९ लाखका अवैध सामान बरामद

    लुम्बिनीखबर
    भैरहवा,०९ असोज । जिल्ला प्रहरी कार्यालय, रुपन्देही तथा मातहतका प्रहरी कार्यालयले भदौ महिनामा विभिन्न प्रकृतिका १४६ वटा मुद्दा दर्ता गरेका छन् । प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार सो अवधिमा चालु मुद्दाका १२८ जना प्रतिवादी पक्राउ परेका छन् । दर्ता भएका मुद्दामध्ये संगठित तथा आर्थिक अपराधका ६१, ज्यानसम्बन्धी २५, सामाजिक अपराधका १३, महिला तथा बालबालिकासम्बन्धी ११, चोरीका ८, सवारीसम्बन्धी ७ र विविधतर्फ एउटा मुद्दा छन् । आत्महत्याका २० घटना घटेका छन्, जसमा १४ पुरुष र ६ महिलाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार १७ जनाले झुन्डिएर र ३ जनाले विषादी सेवन गरी आत्महत्या गरेको विवरणमा उल्लेख छ ।

    फैसला कार्यान्वयनतर्फ प्रहरीले ८३ जना फरार प्रतिवादी पक्राउ गरी १ करोड ३५ लाख ४० हजार ६ सय रुपैयाँ जरिवाना असुल गरेको प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जनाए । यस्तै, भदौमा ८१ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेका थिए, जसमध्ये ७० वटा मिलापत्र गरिएको छ । एक महिनामा प्रहरीले लागुऔषधतर्फ ७ वटा मुद्दा दर्ता गरी ११ जना पक्राउ गरेको छ । प्रहरीले गांजा १४ किलो ३६८ ग्राम, चरेस २१० ग्राम, ब्राउन सुगर ५७ ग्राम ४४१ मिलिग्रामलगायत विभिन्न लागुऔषध बरामद गरेको छ ।

    भदौमा रुपन्देहीमा १६० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ३ जनाको मृत्यु र २६९ जना घाइते भएका छन् । ट्राफिक चेकिङका क्रममा ३ हजार ७१ कारबाहीबाट ५२ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको रुपन्देही प्रहरी तथ्यांक छ । यसैगरी, राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फ १ करोड ८९ लाख २७ हजार ७५६ रुपैयाँ बराबरको राजस्व संकलन भएको र १० जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.