logo
  • १९ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रूपन्देहीमा ५२ जनामा मोतियाबिन्दु पहिचान


    १५ असोज २०८३ , बिहिबार

    रूपन्देहीमा ५२ जनामा मोतियाबिन्दु पहिचान

    लुम्बिनीखबर

    भैरहवा, १५ असोज । रुपन्देहीको कोटहीमाई गाउँपालिका मर्यादपुरमा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा ५२ जनामा मोतियाबिन्दु पहिचान भएको छ। मर्चवार सञ्चार सहकारीको आयोजनामा तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरअन्तर्गत श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा मंगलबार शिविर सञ्चालन गरिएको हो।

    शिविरमा स्थानीय तथा आसपासका क्षेत्रबाट आएका २७५ जनाको दृष्टि परीक्षण गरिएको थियो। परीक्षणका क्रममा मोतियाबिन्दु देखिएका सबै बिरामीलाई थप परीक्षण तथा शल्यक्रियाका लागि श्री रण अम्बिका शाह आँखा अस्पतालमा पठाइएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिनुभयो।
    वरिष्ठ नेत्र अधिकृत डा. सञ्जीव अधिकारीको नेतृत्वमा रहेको चिकित्सक तथा प्राविधिक टोलीले शिविरमा सहभागीको आँखा परीक्षण तथा आवश्यक परामर्श दिएको थियो।

    ग्रामीण तथा पहुँचको हिसाबले पछाडि परेका क्षेत्रका नागरिकलाई घरनजिकै आधारभूत आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको सूचना अधिकारी पाण्डेयले बताउनुभयो। मोतियाबिन्दु समयमै पहिचान गरी उपचार गर्न सके दृष्टि जोगाउन सकिने भएकाले यस्ता शिविरले ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्यसम्बन्धी सचेतना र उपचार पहुँच विस्तारमा सहयोग पुग्ने आयोजकले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.