लुम्बिनीखबर
भैरहवा, १६ असोज । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. १ बाट विष्णु रायमाझी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ। ओमसतिया गाउँपालिका–४ वसन्तपुरस्थित रामजानकी मन्दिरको सभाहलमा भएको निर्वाचनमा रायमाझी लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको निर्वाचन मण्डलले जनाएको छ।
नेपाली कांग्रेसका नेता अखिलेश कुमार पाण्डेका अनुसार रायमाझीले उल्लेख्य मत प्राप्त गरी विजयी हुनुभएको हो। स्थानीयस्तरमा पार्टी संगठन तथा सामाजिक गतिविधिमा सक्रिय रायमाझी जनताको भावना र आवश्यकताअनुसार काम गर्ने नेताका रूपमा परिचित हुनुहुन्छ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि रायमाझीले पार्टी संगठनलाई थप सुदृढ बनाउन तथा स्थानीय जनताका समस्या र आवश्यकतालाई पार्टीको नीति तथा नेतृत्व तहसम्म पुर्याउन भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।