logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    सांसद घिमिरेको सम्पर्क कार्यालय कञ्चन २ मा


    १९ मंसिर २०७९ , सोमबार

    सांसद घिमिरेको सम्पर्क कार्यालय कञ्चन २ मा

    सूर्यपुरा, १९ मंसिर । रुपन्देहीको क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित वासुदेव घिमिरेले कञ्चन गाउँपालिका वडा नम्बर २ कञ्चन चोकमा सम्पर्क कार्यालय स्थापना गर्नु भएको छ । नागरिकसंगको भेटघाट तथा गुनासो र समस्याको बारेमा जानकारी लिएर त्यसको समाधानमा सहजीकरण गर्न सहयोग पुग्ने उद्देश्यले संघीय सांसद घिमिरेले सम्पर्क कार्यालय स्थापना गर्नु भएको हो । सम्पर्क कार्यालय रामवापुर लुम्बिनी सडकको कञ्चन नदी नजिकैं रहेको छ ।
    आईतवार सम्पर्क कार्यालयको शुभारम्भ गर्दै सांसद घिमिरेले सम्पर्क कार्यालय सञ्चालनले नागरिकका समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । स्थानीय, प्रदेश र संघीय सरकारसंगको सहकार्य र समन्वयबाट विकास निर्माणका काम र नागरिकका समस्या समाधान गरिने बताए । यहाँले क्षेत्र नम्बर ५ को योजनाबद्ध, व्यवस्थित विकासमा राजनीतिक दल, विकास साझेदार संघ संस्था लगायत सम्पूर्ण नागरिकको यथेष्ट सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
    क्षेत्र नम्बर ५ का बसिन्दाले दिएको विकास समृद्धि र जनताको सेवा गर्ने जिम्मेवारीलाई सदैव ईमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै उँहाले लुम्बिनीलाई केन्द्रमा राखेर क्षेत्र नम्बर ५ को समग्र विकास गरिने स्पष्ट पार्नु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, उपेन्द्र अधिकारी लगायतले वोल्नु भएको थियो । तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख रहनुभएका नेकपा एमालेका नेता घिमिरे मंसिर ४ गते सम्पन्न प्रतितिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका भरत कुमार शाहलाई ९७८२ मतान्तरले हराउदै विजयी हुनुभएको हो । यस पटकको निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ५ मा नेकपा एमाले समानुपातिक निर्वाचन प्रणालीमा पनि पहिलो बनेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.