असलम खाँन
मर्चवार, मंसिर । रुपन्देहीको मर्चवारी गाउँपालिकामा १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मर्चवारी गाउँपालिकाका स्वास्थ्य शाखा द्वारा आयोजित गरिएको हो ।
“महिला स्वास्थ्य सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता,स्वास्थ्य प्रवद्र्धनमा हाम्रो ऐक्यबद्धता” भन्ने नारा सहित शुरु भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुको उपस्थित रहेको थियो ।
कार्यक्रमका अध्यक्ष तथा मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले स्वयं सेविका दिवस मनाउनका साथै प्रत्येक वडाका १/१ उत्कृट स्वयंसेविकालाई दोसल्ला ओढाई पुरस्कार र प्रशंसा पत्र समेत वितरण गरेका छन् ।
महिला स्वयंसेविकाको श्रमिक अत्यन्तै न्यून भएको हुदाँ साउन महिना देखि रु ५००० हजार भत्ता दिने जानकारी अध्यक्ष बरईले गराए । १५ वेड हुने गरि अस्पताल बनाउने पहल गरिएको छ । पालिका भित्र नि:शूल्क एम्बुलेन्स सेवा प्रदान गर्नुका साथै ६८ जनाको वालिका वीमा गरिएको अध्यक्ष बरईले मन्तव्यमा बताए । उनले भने, गाउपालिकाको नयाँ भवन निर्माण गर्ने योजना समेत रहेको अध्यक्ष बरईले कार्यक्रममा बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले स्वयंसेविकाहरुले गर्ने सेवा प्रति सम्मान गर्दै स्वयंसेविकालाई हौसिला समेत प्रदान गरेका छन् ।
पहिला स्वास्थ्यका सेवाहरु पोलियो खोप,भिटामिन, गर्भवती महिला तथा वालवालिकाका लागि बनेका खोप समेत समयमा पुुर्याउन निकै कठिन थियो । तर अहिले स्वयंसेबिकाहरुको माध्यम बाट गाउँगाउँ टोल टोल तथा घर घरमा सजिलै संग समयमा पर्याउन सकिएको छ । जनस्वस्थ्य प्रमुख ढकालले भने, “ वालिका वीमा योजना कार्यक्रमले होम डेलेभरिमा समेत कमि आउनुका साथै आमा र बच्चा दुवैलाई सुरक्षा भएको छ ।” पोषण झोला कार्यक्रम ल्याएको पहिलो पालिकाको रुपमा मर्चवारी रहेको छ ।
कार्यक्रमका विशिष्छ अतिथि मिन प्रसाद भट्टराईले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदैं पालिकाले स्वास्थ्य क्षेत्रमा गरेको प्रगतिबारे जानकारी दिए ।
१६ वटा स्थानीय तह मध्ये मर्चवारी स्वास्थ्य क्षेत्रमा मर्चवारी दोस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा पर्याउन स्वयंसेविकाहरुको महत्वपूर्ण योगदान रहेको गाउँपालिकाको तथ्याङकले देखाउँछ । स्वयंसेविकाहरु मर्चवारलाई पहिलो स्थानमा पुर्याउनेमा विश्वास रहेको प्रमुख प्रशासकिय अधिकृत भट्टराईले बताए । बालिका वीमा योजना कार्यक्रमले शून्य होम डेलेभरिमा पनि महिला स्वयंसेविकाहरुले सहयोग गर्ने गरेका छन् । होम डेलेभरि शून्य हुदाँ बच्चा र आमा समेत सुरक्षा पाएको भट्टराइले कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा मर्चवारी १ वडा अध्यक्ष कृष्ण कुमार सिंह, २ का अध्यक्ष शशिदयाल चौधरी, ३ का अध्यक्ष जनार्दन यादव, ४ का अध्यक्ष ओमप्रकाश चौधरी, ५ का अध्यक्ष कृष्ण कुमार सिंह, ६ का अध्यक्ष रामसेवक खरविन्द ,७ का अध्यक्ष गणेश चौधरीको उपस्थित रहेको थियो । स्वास्थ्य शाखा प्रमुख फेकन शाह,महिला तथा बालबालिका शाखा प्रमुख पुरुषोत्तम घिमिरे, इलाका प्रहरी कार्यालय मर्चवारका प्रतिनिधि, यस.यस.वी.एच का प्रतिनिधि लगायत विद्यार्थी, महिला स्वयंसेविका तथा स्थानीय जनसमुदायहरुको समेत सहभागितामा रहेको आयोजकले जानकारी दिएका छन् ।
विविध किसिमका अनौपचारिक सुचना मुलक कार्यक्रमका साथै गीत संगीत,नृत्य, तथा अतिरिक्त क्रियाकलापका साथ कार्यक्रम सम्पन्न भएको हो ।