- लुम्बिनीखबर
लुम्बिनी । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा दन्त शिविरको सरु भएको छ । निःशुल्क रुपमा सञ्चालन भएको शिविरमा दन्त सम्बन्धि रोगको जाँच तथा उपचार सुरु भएको हो । थाइल्याण्ड का स्वर्गीय राजा भुमिबोल अदुल्यादेजको स्मृतिमा लुम्बिनीमा निःशुल्क दन्त सम्बन्धि रोगको जाँच तथा उपचार सुरु भएको आयोजकले जनाएको छ । लुम्बिनी स्वर्णभुमि फाउण्डेसनको सहयोगमा यो मोबईल डेण्टल अपरेशन संचालन गरिएको छ। यसवाट गरिब , दलित बिपन्न बर्गहरुकोलागि यो दन्त शिविर संचालन गरिएको छ । यस शिविरमा सबै प्रकारका रोगहरुको उपाचार शल्यक्रिया हुनेभएको छ। यो बिहान ८ बजे देखि ५ बजे सम्म नाम दर्ता यो शिविर २३ र २४ र २५ गते सम्मा गरी तीन दिन चल्ने सन्तोष कुमार मोर्याले जानकारी दिनुभएको थियो । यस शिविरमा युनिभर्सल मेडिकल , थाई रोयल थाई एम्बीसी काठमाण्डौका डाक्टरहरुले दन्त शल्यक्रिया , चेक जाँच , औधषी उपाचर गरिरहेका छन् ।
यो दन्त शिविर थाई रोयल मोनेस्ट्री लुम्बिनीको सहयोगमा गरिएको हो । यो शिविरबाट नेपालका रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका स्तरीय कपिलबस्तु, नवलपरासी जिल्लाका मनिसहरु र भारतका मनिसहरु आई दात शल्यक्रियाका दात सम्बन्धि रोगको जाँच तथा उपचार गराइएका छन् । यो शिविर बिहान ८ बजे देखि ५ बजे सम्म नाम दर्ता गरि आँख शल्यक्रिया शुरु भएको छ । यस शिविरबाट कम्तीमा दुई हजार जना मानिसहरुले लाभ लिना सक्ने छन् । यो निःशुल्क दन्त उपचार शिविर प्रतेक सोमवार बिहान १० बजे देखि ५ बजे सम्म राजकीय थाई बिहार र युनिर्भसल मेडिकल कलेज अफ मेडिकल साइन्सेज तथा लुम्बिनी स्वर्णभुमि फाउण्डेसनको सहकार्यमा दात निःशुल्क शिविर सञ्चालन गर्दा आईरहेको छ ।