logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    किशोर किशोरीलाई तालिम दिइ आत्मानिर्भर बनाउने : वडा अध्यक्ष वीर बहादुर क्षेत्री


    २५ मंसिर २०७९ , आइतबार

    किशोर किशोरीलाई तालिम दिइ आत्मानिर्भर बनाउने : वडा अध्यक्ष वीर बहादुर क्षेत्री

    पशुपति यादव/लुम्बिनीखबर
    रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ३ ले जनताका आवश्यकताका आधारमा काम गर्दै आइरहेको छ । जनताको माझमा देखिएका बाटोघाटो, कृषि, स्वास्थ्य शिक्षा, खानेपानी र विद्युतिय जस्ता विभिन्न क्षेत्रमा काम गर्दै आइरहेका वडा अध्यक्ष वीर बहादुर क्षेत्रीले जानकारी दिए ।
    विभिन्न समस्याहरुको समाधन गर्दै आइरहेको वडा अध्यक्षले बताए । जनतामा कृषिका लागि चाहिने बिउँ विजन, मलखाद, किटनासक औषधी तथा कृषिका लागि चाहिने सामग्री समेत वडाले वितरण गरेको वडा अध्यक्ष जनाए । वडाले कृषकलाई सिचाई, बिउँ विजनलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको वडा अध्यक्ष क्षेत्री जानकारी दिए ।
    वडा भित्रका बाटोघाटो अत्यन्तै बिग्रिएकोले आवतजावत गर्न निकै कठिनाई भएको हुँदा यस्तो बाटो मर्मत गर्नुका साथै कतिपय ठाउँमा नयाँ बाटो समेत वडाले बनाइ दिएको वडा अध्यक्ष क्षेत्रीले जानकारी दिए । वडामा आर्थिक अवस्था कमजोरी भएका तथा घर भत्कीएका परिवारको लागि वडाले त्रिपाल समेत वितरण गरेको वडा क्षेत्रीले जनाए । वडा भित्रका विभिन्न ठाउँमा रहेको धार्मिक मठ मन्दिर तथा त्यसमा चाहिने आवश्यक सुविधा समेत पुर्‍याउनका लागि समेत वडाले उपभोक्ता गठन गरिसकेको वडा क्षेत्रीले बताए । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोमा विभिन्न किसिमका समस्याहरु रहेका छन् । त्यस प्रति वडाले योजना बनाइसकेको वडा अध्यक्ष क्षेत्रीले बताए । वडामा रहेको यस्ता समस्या उपर वडाले योजना अनुसार बजेट विनियोजन समेत गरेको वडा अध्यक्षले जानकारी दिए । शिक्षाको क्षेत्रमा विद्यालयका भौतिक व्यवस्थापन, शैक्षिक सामग्री तथा शिक्षकलाई आवश्यक तालिमको समेत व्यवस्थापन गर्नको लागि वडाले योजना बनाएको वडा अध्यक्ष क्षेत्रको भनाइमा आएको छ । सीपमूलक कार्यक्रम सञ्चालन गरी वडाका युवाहरुलाई आत्मा निर्भर बनाउनका लागि कार्यक्र सञ्चालन गर्ने वडा अध्यक्ष क्षेत्रीको जानकारी दिए । महिला तथा किशोर किशोरीहरुलाई सीपमूलक सिलाई, बुनाई, कटाई जस्ता कार्यक्रम सञ्चालनमा ल्याउनको लागि योजना तयार गरी बजेट समेत विनियोजित गरेको वडा अध्यक्ष क्षेत्रीले बताए । वडा अध्यक्ष क्षेत्रीले भने, “ जनताको समस्या समाधान गर्नका लागि वडा भित्रका जनप्रतिनिधि तथा कर्मचारीहरु सहज र सरल हुने गरी सहकार्य गरी अगाडि बढेका छौँ ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.