logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    मर्निङ्गवाक ग्रुपद्धारा सिद्धार्थ नगरपालिकालाई धन्यवाद


    १२ पौस २०७९ , मंगलबार

    मर्निङ्गवाक ग्रुपद्धारा सिद्धार्थ नगरपालिकालाई धन्यवाद

    रुविना थापा
    मायादेवी,१२ पुस । भैरहवा मर्निङ्गवाक ग्रुपले जनताको चाहाना अनुसार काम गरेको भन्दै सिद्धार्थनगर नगरपालिकालाई धन्यवाद दिएको छ ।
    विगत वर्षहरुमा मर्निङ्गवाक ग्रुपले उठाएका जनगुनासाहरु नगरपालिकाले बेवास्ता गरेपनि अहिले निर्वाचित जनप्रतिनिधिहरुले आवश्यकता अनुसार पुरागरेको भन्दै धन्यवाद दिएको भैरहवा मर्निङ्गवाक ग्रुपले जनाएको छ । मर्निङ्गवाक ग्रुपले २ वर्ष सम्म १२३ वटा विज्ञप्ति मार्फत जनताका कामहरु जानकारी गराएपनि विगतमा नगरपालिकाले कार्यान्वयन नगरेको जनाउदै मर्निङ्गवाक ग्रुपका संस्थापक अध्यक्ष बिजय गोबिन्द श्रेष्ठ (बिजयसागर)ले अहिले पुराहुने प्रकृयामा रहेको जानकारी दिनुभयो ।
    भैरहवामा केहि बर्ष देखि छाडा चौपायाको समस्या, खुल्लारुपमा आकासेपुलहरुमा मादक पर्दाथका खालि बोटलहरु फ्याक्ने विकृतिको अन्त्य, फोहोर व्यवस्थापनमा समस्या जस्ता कुरा उठाएर नगरपालिकालाई जानकारी गराउने गरेपनि कार्यान्वयनमा चासो नदेखाउने विगतका कर्मचारी र जनप्रतिनिधिहरु को बहिगर्मन संगै नयाँ निर्वाचित जनप्रतिनिधिहरुले माथीका समस्याहरु समाधानमा ध्यान दिएको धन्यवाद दिएको संस्थापक अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
    सिद्धार्थनगर नगरक्षेत्रभित्रका प्रतिक्षालयहरु गाडिले हानेर बाङ्गिएका कारण बालबालिका, प्रतिक्षालयमा प्रतिक्षा गरिरहेका यात्रुहरुको दुर्घटनामा पर्न सक्ने जानकारी दिए संगै अहिलेका नगर प्रमुख इस्तियाक अहमद खाँले चासोका साथ काम गरेको प्रति मर्निङ्गवाक ग्रुपले नगरपालिका प्रति आभार व्यक्त गरेको श्रेष्ठले बताउनुभयो ।
    मैत्रीपथ, सिडियो कार्यालय हुँदै सुखदेव गुरुङपार्क सम्म नालाको ढक्कन नहुँदा समस्याहरु आउने सधै आउने गरेको छ । श्रेष्ठले भन्नुभयो, “ एक जना लिलाराम न्यौपाने माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी नालामा खसर दुर्घटना हुदाँ सम्म पुर्व जनप्रतिनिधि र कर्मचारीले वास्ता नगरेको पिडा अहिलेका नगरप्रमुखले पुरा गर्नुभएको छ । नगरपालिकाले दुर्घटनाको समस्यालाई मध्यनजर गरेर नालामा ढक्कन लगाउने काम गरेको छ । सार्वजनिक शौचालयको सुरुवात गर्नुपनि यस नगरको लागि व्यवस्थित यात्रा भएको मर्निङ्गवाक ग्रुपका अध्यक्ष ओमकार गौचनले बताउनुभयो । विगतका जनप्रतिनिधिहरुले बन्द गराएको वि.स. २००७ सालमा स्थापना भएको सिद्धार्थ ज्ञान मन्दिर पुस्ताकालय (भगवानदास अमात्य) अहिलेका नगरपालिका टिमले सञ्चालन गरेको प्रति पनि नगरबासीले आभार व्यक्त गरेको अध्यक्ष गौचनले जानकारी दिनुभयो । स्वर्गद्धारी शवदाह गृहको मर्मत तथा व्यवस्थापनमा जागरुपता देखाएको प्रति समेत समेत मर्निङ्गवाक ग्रुपले नगरपालिका प्रति खुसी व्यक्त गरेको छ । पुरानो र भैरहवामा इतिहास बोकेको हाट बजारको बजार क्षेत्रमा व्यापारिक महल निर्माणले सामान्य पसल व्यवसायी गर्ने व्यापारीहरुलाई समस्या परेकाले यसप्रति नगरपालिका जिम्मेवार हुनुपर्ने मर्निङ्गवाक ग्रुपले माग गरेको छ । भारतीय व्यापारीहरुले विभिन्न रोग सम्बन्धी पम्पलेट टासेर सिद्धार्थनगर पालिकालाई फोहोर देखिएको कारण भैरहवा मर्निङ्ग वाक गु्रपले च्यातेर फ्याक्ने कामगरेको बताउदै मर्निङ्गवाक ग्रुपले उनीहरुलाई अब यस्ता पम्पलेट नटास्न चेतावनी दिन र टासेको पाइएमा जरिवाना गर्न समेत नगरपालिका संग आग्रह गरेको छ ।
    नगरपालिका भित्र पार्किङ्गको व्यवस्था नहुन बाटोमा पार्किङ्ग गर्दा समेत शुल्क लगाउन नहुने ग्रुपका महासचिव राजुनारायण श्रेष्ठले बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाको नयाँ टिमले अहिले जनभावना अनुसार काम गर्नुपर्ने सल्लाह मर्निङ्गवाक ग्रुपले दिएको छ । नगरक्षेत्रलाई हरियाली बनाउने, पर्यटकिय केन्द्रको विकास, संघसंस्थाको सहकार्यमा सार्वजनिक कार्यहरुलाई व्यवस्थितरुपमा अगाडि बढाउने काम नगरपालिकाले गर्नुपर्ने अहिले देखिन्छ । छाडा चौपाँया, फोहोर व्यवस्थापन, पार्किङ्ग व्यवस्थापन, बजार व्यवस्थापन र सार्वजनिक सम्पतीको संरक्षण नगरपालिकाले गर्नुपर्ने मर्निङ्गवाक ग्रुपको सुझाव रहेको छ । सेवाग्राहीका काम छिटो छरितो गरिदिनुपर्ने, प्रविधिमैत्री र पारदर्शितालाई ध्यान दिन समेत मर्निङ्गवाक ग्रुपले नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.