अञ्जु पौडेल (अनु)
हनि स्पा एण्ड सैलुन
स्पा भनेको के हो ?
पानीबाट गरिने आनन्दको उपचार हो । परम्परागत रुपमा आयुर्वेदिक माध्यामबाट गरिने थेरापीलाई स्पा भनिन्छ । यो प्राकृतिक उपचार पद्धति पनि हो । व्यस्त जिवनले मानिसलाई पार्ने मानसिक तथा शारीरिक तनावको अन्त्यका लागि गरिने विभिन्न प्रकारका स्पा थेरापीलाई स्पा भन्ने गरिन्छ । आधुनिक र तनाव युक्त जिवन शैलीलाई आनन्द पार्नका लागि स्पाले महत्वपुर्ण भुमिका खेलेको छ । विशेषगरी, सहरिया जिवन बदलिदो परिस्थितिमा मानिसको शारीरिक तन्दुरुस्तीका लागि विभिन्न उपचार र सामाग्री प्रयोग भैरहेको छ । स्पा यसका लागि प्रभावकारी बनेको छ । साउना बाथ, स्टिम बाथ, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, जोइन्ट पेन रिलिफ मसाज, रिल्याक्सेसन मसाज, अकुप्रेसर थेरापी जस्ता धेरै सेवा हनि स्पा एण्ड सैलुनले दिने प्रयत्न गरेको सवैमा जानकारी गराउन चाहान्छु । उमेर अनुसार मानिसको शरीरका प्रत्येक भागलाई विभाजन गरी ट्रिटमेन्ट, रिल्याक्सेसन र आउटलुक्स मेन्टेन गर्ने काम स्पाले गर्ने गर्छ । सरलरुपमा भन्दा स्पा मानिसलाई आनन्द दिने थेरापी हो । यो विभिन्न विधिबाट गरिन्छ ।
स्पालाई शारीरिक र मानसिकरुपमा गर्ने उपचार पद्धती भनिन्छ । यो कसरी गरिन्छ ?
नेपालमा स्पाको शुरुवात भएको करिब २० वर्ष भएको छ । यसले नेपालका पर्यटकिय क्षेत्रहरु रुपन्देही, चितवन, पोखरा र काठमान्डौ व्यवसायीक सफलता पाइसकेका छन् । यो व्यवस्थित तरिकाले पारिवारिक वातावरणमा स्पा तथा मसाज सेन्टरहरुमा गरिन्छ । यसमा नेपाली र विदेशी पर्यटकहरुको आर्कषण बढ्दो छ । यो विभिन्न विधि र पद्धती मार्फत गरिन्छ । मानिसलाई आवश्यकता अनुसार हामीले थेरापी गर्ने गर्दछौ । यो ग्राहकको चाहाना अनुसार गरिन्छ । जस्तै हेयर स्पा, फेस स्पा, नेक स्पा, आई स्पा, फुट स्पा, नेल स्पा, स्किन स्पा, बडी स्पाहरु स्पा सेन्टरमा हुने गर्दछ ।
स्पा थेरापीले शरिर, मन, बिचार, भाव हुदै आत्मसम्मलाई शुद्ध पारि आनन्द दिन्छ, भनिन्छ । खास कसरी ?
स्पा थेरापीले शरिर, मन, बिचार, भाव हुदै आत्मसम्मलाई शुद्ध पारि आनन्द दिने काम गर्ने नै हो । मानिसहरु हामी कहाँ विभिन्न तनाव तथा मानसिक रोग बोकेर आउने गर्दछन् । हामीले उनिहरुको चाहाना र आवश्यकता अनुसार विभिन्न पद्धती मार्फत प्राकृतिक माध्यामबाट स्पा थेरापीको उपचार गर्दछौ । जसका कारण उनिहरुमा शरिर, मन, बिचार, भाव हुदै आत्मसम्मलाई शुद्ध पार्ने गर्दछ । यसले मानिसका जिउने शैलीमा समेत परिवर्तन गरिदिन्छ । त्यस कारण यो पद्धती परम्परा आयुर्वेदिक थेरापी हो । यसबाट मानिसले विभिन्न फाइदा लिने गरेका छन् ।
समाजमा रोजगार र आर्थिक उर्पाजनका लागि यो पेशा कत्तिको सुरक्षित छ ?
व्यवसायीरुपमा यो पेशालाई सुरक्षित मान्न सकिन्छ । तर प्रशासन तथा केहि व्यक्तिहरुले असहयोग गर्दा बेलाबेलामा समस्या आउने गर्दछ । मानिसले ठुलो लगानी गरि व्यवसायी सञ्चालन गरेको हुन्छ । दर्जनबढि नेपाली युवायुवतीले रोजगार पाएका हुन्छन् । इमानदाररुपमा गरिने यो पेशा प्रति समाज र सरकारी निकायको हेय दृष्टि देखिन्छ । सोचमा परिवर्तन गरि पेशालाई सम्मान गर्न आग्रह गर्दछु । आर्थिक उर्पाजनका लागि यो पेशा राम्रो छ । विशेस गरि बिदेशी पर्यटकहरु आउने हुनाले राम्रो गर्न सके आर्थिक रुपमा पनि राम्रो मुनाफा कमाउन सकिन्छ ।
स्पा तथा मसाज सेन्टरमा यौन क्रियाक्लाव हुन्छ भन्ने आरोप छ नि ?
धेरै मानिसहरुले यो भन्ने गर्दछन् । हामी कहाँ आउने केहि ग्राहकले यस्ता कुरा पनि गर्ने गर्दछन् । तर यो सोचाई नै गलत हो । हामी कहाँ यस्तो गर्ने भन्ने त के सोच्न पनि सकिदैन । हाम्रो विशुद्ध स्पा तथा थेरापी हुने गर्छ । जसले गर्दा मानिसहरु निरन्तर आउने गर्दछन् । केहि मापदण्ड विपरित सञ्चालन भएकाहरुले यस्तो गर्न सक्दछन् । यस्ता गन्ध आउने स्पाहरुलाई सरकारले अनुगमन तथा कार्वाही गर्नु पर्दछ । हामी गलत क्रियाक्लाव गर्नेहरुको कडारुपमा निन्दा तथा विरोध गर्दछौ । यस्तो काम कहिकतै हुनेगरेको भए कार्वाहीको लागि माग गर्दछौ । स्पा तथा मसाज सेन्टरको उद्धेश्य र परिभाषा परम्परागत आयूर्वेदिक पद्धती मार्फत थेरापी गर्ने विधि हो । हामी यहि गर्दछौ । सवैलाई स्पा तथा मसाजको नियम तथा मापदण्डमा व्यवसायी गर्न पनि म आग्रह गर्दछु ।
कानुनी र व्यवहारिक रुपमा समस्या केके झेल्नु भएको छ ?
नेपालमा व्यापार व्यवसायी गर्न साच्चैनै गाह्रो छ । यहाँ एकजनाले केहि राम्रो गर्यौ भने अर्कोले पनि त्यही गर्ने प्रवृती व्यापाक देखिन्छ । हामीलाई पनि हनि स्पा एण्ड सैलुन सञ्चालन गरेको शुरुका दिन देखि अहिले सम्म विभिन्न पक्षले धम्काउने, डराउन दिने काम गर्दै आएका छन् । सरकारी पक्ष वा नीतिक्षेत्रका केहि मानिसहरुले व्यवसायी सञ्चालनमा विभिन्न व्यवधान खडा गर्दै आएका छन् । हामी इमान्दार रुपमा स्पा तथा मसाजको नियम र मापदण्ड अनुसार काम गरेको छौ । तर पनि दु:ख दिने नियत विभिन्न पक्षको हुने गरेको छ । त्यो हुनु हुदैन भन्ने हाम्रो माग हो ।
लुम्बनीखवर मार्फत ग्राहक बर्गहरुलाई के भन्न चाहानु हुन्छ ?
भैरहवामा सञ्चालन भएका स्पा सेन्टरहरु व्यवसायी हुन । यिनको संरक्षण र सम्र्बधन गर्ने काम हामी सवैको हो । आम ग्राहक बर्गहरुलाई मानसिक र शारिरीक समस्या देखिएमा एकपटक भएपनि स्पा सेन्टरमा पुगेर आफ्नो चाहाना अनुसार थेरापी गराउनु होला । यहाँहरुलाई यसले आनन्द र सुखको अनुभुती प्रदान गर्ने छ । हामी अहिले सुरुवाती चरणमा भएकाले सवैको सहयोग र सदभावको अपेक्षा गर्दछौ ।