झब्बर यादव
सिद्धार्थनगर, पुस । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित मदरसामा धार्मिक शिक्षा अरबी शिक्षा संचालनमा रहेको छ ।
मदरसा गौसिया रिजाविया अहले सुन्नतले विगत ५० वर्ष देखि निरन्तर रुपमा मदरसा शिक्षा संचालनमा रहेको छ ।
मदरसाले नेपाल सरकारले तोकेको विषय संग उर्दु र अरवी शिक्षा पनि संचालन गरेको प्रधानाध्यापक मोहम्मद सिद्धिक खानले जानकारी दिनुभयो । मदरसा नेपाल सरकारबाट प्राथमिक तह सम्म मान्यता प्राप्त रहेको साथै कक्षा १० सम्म विभिन्न स्रोतवाट आर्थिक संकलन गरी उर्दु र अरबी शिक्षा दिदै आइरहेको खाँनले बताउनुभयो । अरबी शिक्षा र उर्दु शिक्षा मध्ये उर्दु एउटा भाषा भएकोले उर्दु जुनसुकै धर्मका विद्यार्थी पढन पाउँछन् । तर अरबी शिक्षा इस्लाम धर्मसंग सम्बन्धित भएकोले इस्लाम धर्मका विद्यार्थीले कक्षा १० सम्म संचालन रहेको प्रधानाध्यापक खाँनले जानकारी दिनुभयो । प्रााथमिक तह सम्म मान्यता प्रााप्त भए पनि इस्लाम धर्मलाई कायम राख्नका लागि १० सम्म कक्षा सम्म संचालन गरेको प्रधानाध्यापक खानले जानकारी दिनुभयो । मदरसामा छात्र र छात्रा विद्यार्थीको संख्या ७० जना रहेको र शिक्षकहरु नेपालका ४ जना र ३ जना भारतका रहेको सह प्रधानाध्यापक अवुलवफाले बताउनुभयो । यस मदरसामा नेपाली, अंगे्रजी, गणित, उर्दु र अरबी विषय संचालनमा रहेको छ । मदरसामा पुस्तकीय शिक्षाका साथ साथ्नै अन्य सिलाई , बुनाई, कटाई तथा खान पकवान जस्ता सिपहरु पनि सिकाई उप प्रधानाध्यापक अबुलवफाले वताउनुभयो । मदरसामा १२ वटा कक्षाकोठा रहेको र छात्र छात्राका लागि छुट्टा छुट्टै शौचालय रहेको सह प्रधानाध्यापकले अबुलवफाले जानकाारी दिनुभयो ।
मदरसा स्थानीय तह, प्रदेश सरकार, शिक्षा कार्यालय, रोजाको समयमा प्राप्त अनुदान तथा स्थानीयवासीको सहयोगका साथै विद्यार्थीहरुको अभिभावकहरुको अर्थिक सहयोगमा संचालान भएको सह प्रधानाध्यापकले बताउनुभयो ।मदरसाको स्थापना २०२९ सालमा भएको र मदरसाले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सह प्रधानाध्यापक अबुवफाले जानकारी दिनुभयो ।