अन्जना चौहान
लुम्बिनी, पुस । लुम्बिनीको गैडहवा गाउँपालिका वडा नम्बर २ मनवापुरमा वाल संस्कार केन्द्र द्वारा तुलसी पुजन दिवस २५ डिसेम्बरमा सम्पन्न भएको छ ।
तुलसी पुजन दिवस २५ डिसेम्बरमा वाल संस्कार केन्द्र द्वारा आयोजित कार्यक्रममा समापन भएको हो ।
कार्यक्रममा स्वागत मन्तब्य शिव पुजन पाासीले कार्यक्रमको मुख्य उद्देश्य हिन्दु साँस्कृतिक जागरण हो । हिन्ुहरुले आ आफ्नो धर्म छोडेर अरु धर्ममा प्रवेश गरिरहेका छन् । साँस्कृतिक धर्म बचाउनको लागि हामी विगत १० वर्ष देखि विभिन्न ठाउँहरुमा तुलसी पुजन दिवस मनाई रहेका जानकारी दिएका छन् ।
कार्यक्रममा विन्दवासिनी गुप्ताले तुलसी पुजन किन मनाईन्छ त्यसको बारेमा बताउनुभएको हो । भनिन्छ जुन घरमा तुलसी रोपिएको हुन्छ त्यो घर तिर्थ समान पवित्र हुन्छ । सबै प्रकारको बिरुवा भन्दा पुष्पो अपेक्षा तुलसी श्रेष्ठ मानिन्छ । कलियुगमा तुलसी पुजन किर्तन ध्यान गरेमा धारण पाप मेटिन्छ । त्यसैले तुलसी लाभ दायक हुन्छ । त्यसैले तुलसी पुजन २५ डिसेम्बर बाट मनाउन सुरु भएको वताउनुभयो ।
कार्यक्रमका अध्यक्ष कपिलदेव पाण्डेय, प्रमुख अतिथि चन्द्रकेश गुप्ता, अतिथि रामनरेश पासी , मनोहर गुप्ता, राम अनुज पासी लगायत वुद्धिजीवी तथा समाज सेवीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।