कमल रायमाझी
नेपालमा ब्यापार घाटा बढ्दो छ । देशल विश्व बजारवाट खरबौको समानहरु आयात गर्दा नियर्नत भने निकै न्यून हुने गरेको देखिन्छ । नेपनली बजारमा पाइने अधिकाशं ब्यवसायिक समानहरु विदेशमै उत्पादन भएका हुन । देशले सधै आयातलाई प्राथमिकतामा राख्ने र निर्यातलाई ओझेलमा पर्दा नेपालमा वैदेशिक घाटा बढ्दो हुने गरेको हो । दैनिक उपभोग्य समानहरु देखि बिलाशिताका समानहरु सम्म प्राय: अन्तर्राष्ट्रिय बजारबाट नेपालमा भित्र्याइन्छ । देशले उत्पादन गरेका समानहरु विदेशी बजारमा पुर्याउन कठिन हुनुर विदेशले उत्पादन गरेको समान किन्नका लागि आतुर हुनु नेपालका लागि देर्भाग्य बनेको छ । नेपालको व्यापार नीति सधै परनिर्भर दुदैपनि देशलाई सधै आर्थिक घाटामा पुर्याएको देखिन्छ । यसको न्यूनीकरणको लागि राज्यले विदेशी मुद्रा आर्जन गर्ने स्रोतको खोजी गर्नु पर्दछ । नेपालमा विदेशी मुद्रा आर्जन गर्ने मुख्य माध्यम पर्यटन व्यवसायह ो । नेपालले यस बाहेक पनि केही हस्तकलाका समानहरु तयारी पोषाक जडिबुटि र विद्युत्त निर्यात गरएको छ । तर पर्यटन क्षेत्र भनेनेपालको सम्भावना प्रबल देखिन्छ । यसका लागि राष्ट्रियले सही नीति र नियमको निर्माण र कार्यान्वयन गर्नु अहिलेको आवश्यक्ता हो । नेपालका पर्यटकीय क्षेत्रहरुमा अहिले होटल, रेष्टुरेन्ट, क्यासिनो र स्पा सेन्टर धमाधम खुलिरहेका छन् । विदेशी मुदौ आर्जन गर्ने मुख्य पेशा भए पनि राज्यले वेवास्ता गरेको देखिन्छ । नेपालमा अहिले मुख्य सहरहरुमा सयौंको संख्यामा स्पा तथा मसाज सेन्टरहरु खुलिरहेका छन् । तर यसको संरक्षण र प्रवर्धनमा राज्यले ध्यान दिएको देखिदैन् ।
पर्यटकहरुको सेवा गरेर विदेशी मुद्रा आजन गर्ने स्पा व्यवसाय महत्वपूर्ण भए पनि राज्ले वेवास्ता गर्नु दु:खद पक्ष भएको व्यवसायीहरु बताउँछन् । पर्यटकहरुको आकर्षण र विदेशी मुद्रा आर्जन गर्ने गन्तव्यमा स्पा सेन्टरहरुलाई सरकारले कानुनको निर्माण गरी संरक्षण गर्नु पर्दछ । यस्ता स्पा व्यवसायी मार्फत नेपालमा करिब ५ /५ सय भ्न्दा बढी युवा युवती स्वरोजगार बनेका छन् । सयौंलाई रोजगार दिएको छ । तर राज्यले कानुन निर्माण गरी स्पा संचालनको मापदण्ड र कानुन निर्माणको सही व्यवस्थापन नगर्दा समस्या देखिएको छ । नेपालमा स्पा संघ नेपालकोस्थापना भई स्पा ब्यवसायीको हक अधिकारका लागि नीतिगत काम गर्न भनिए पनि हुन सकेको देखिदैन् । यसका लागि राज्यले स्पा व्यवसायको संरक्षण र संबर्धनका लागि काम गर्नु पर्दछ । विदेशी मुद्रा आर्जन गर्ने मुख्य ब्यवसाय स्पा भएकोले पनि यस व्यवसायलाई सबै क्षेत्रबाट सहयोग हुनु पर्दछ । नेपालका सीमा क्षेत्रमा क्यासिनो स्पा तथा मसाज सेन्टरहरुले भारतीय पर्यटकहरुलाई आर्कषण गरेका छन् । जसबाट बार्षिक लाखौं भारतीय रुपैया नेपालमा भित्रिने गर्दछ । यसको सही व्इवस्थापन हुन नसक्दा स्पा व्यवसायीहरु सधै त्रासमा काम गर्नु परेको छ । त्रासमय व्यवसायीको अन्त्य र संस्थागत विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले आ आफ्नो मापदण्ड तयार गरी स्पा ब्यवसायीलाई संरक्षण र सहयोग गर्न हामी आग्रह गर्दछौं । देशमा अहिले आर्थिक मन्दीका कारण अर्थतन्त्र संकटमा परेको छ । स्पा तथा क्यासिनो व्यवसायीहरुले केही मात्रामा भए पिन विदेशी मुद्रा आर्जन गरिरहेका छन् । जसले देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएको देखिन्छ । विदेशी मुद्रा आर्जन गर्ने र पर्यटन व्यवसायीलाई सहयोग पुर्याउने यस्ता व्यवसायको संरक्षण गर्न सरकारको दायित्व पनि हो ।