logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    रोहिणीमा १२ औँ गाउँ सभा सम्पन्न


    ५ माघ २०७९ , बिहिबार

    रोहिणीमा १२ औँ गाउँ सभा सम्पन्न

    पूर्वगाउँपालिका अध्यक्ष सहित विभिन्न व्यक्तिलाई सम्मानत कार्यक्रम
    पशुपति यादव
    रोहिणी,  माघ । रुपन्देहीको रोहिणी गाउँपालिकामा १२ औं गाउँ सभा तथा पूर्वगाउँपालिका अध्यक्ष सहित विभिन्न व्यक्तिलाई सम्मान कार्यक्रम शनिवार एक कार्यक्रम विच सम्पन्न भएको छ ।
    कार्यक्रममा रोहिणी गाउँपालिका वडा नम्बर ३ मा स्थित सरस्वती थकबहादुर रायमाझी फाउन्डेसन धर्मशालामा १२ औं गाउँसभाको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा पूर्व कृषि मन्त्री छविलाल विश्वकर्माले तिनै तहका सरकार विच समन्वय सहकार्य र समझदारी हुनुपर्ने बताए । अहिले जनसरोकारका निम्ति तिनै तह कै सरकार सहभागी भई काम गर्नु पर्ने समय रहेको बताए । अहिलेको अवस्था सत्ता पक्ष र प्रति पक्ष नभनिकन सहकार्य र समझदारीका साथ जनमुखी विकासका लागि अगाडि बढ्नु पर्ने जोड दिए । देशको अर्थतन्त्र धरायसी बनेको अर्थतन्त्रलाई सुधार गरेर अगाडि बढ्नु पर्ने बताए । गठित नयाँ सरकारबाट उद्योग व्यवसायी जनता जनार्दनको आशावादी हुने परिस्थिति बनेको उनको भनाई थियो । गाउँपालिकामा क्याम्पसको आवश्यकता रहेको भने विद्यार्थीहरु आफ्नै घर आगनमा रुखा सुख खाना खाएर उच्च शिक्षा हासिल गर्न पाउनुपर्छ । सस्तो लोकप्रियताको लागि होडबाजीमा जनताले पाउनु पर्ने अवसरबाट बञ्चित हुन नहुने उनले बताए । रोहिणी नदीको सुन्दरीकरण संरक्षण र प्रवद्र्धन आवश्यक रहेको बताए ।
    लुम्बिनी प्रदेश सभा सदस्य तथा खानेपानी पूर्वराज्य मन्त्री अब्दुल रज्जाकले स्थानीय सरकारले प्राविधिक शिक्षामा जोड दिनु पर्नेमा जोड दिए । उनले सिंहदरबारको अधिकार गाउँमा भनिए त पनि स्थानीय सरकारले पूर्ण रुपमा अधिकार नपाएको अवस्था रहेको र संविधान कार्यान्वयनलाई प्राथमिकता दिनु पर्ने बताए । किसानलाई आवश्यक परेको बेला मल, खाँद तथा विउँ विजन पाउन नसकेकोले यस तर्फ सरकारले विशेष ध्यान दिनुपर्छ । कृषकलाई अनुदान भन्दा आवश्यक परेको बेलामा मल खाद तथा विउँ उपलब्ध गराउन रज्ज्जाकले सुझाएका थिए ।
    लुम्बिनी प्रदेशसभा सदस्य अशिष कुमार चौधरीले जनसमुदायको विकासका निम्ति एकजुट भएर अगाडि बढ्नु पर्ने बताए । जनताको समस्या समाधानका लागि तिनै तहका सरकार साँझा रुपमा पहल गर्नु पर्ने बताए । रोहिणी गाउँपालिकालाई आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थिए ।
    रोहिणी गाउँपालिकाका प्रशासनिक भवन निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउनु पर्नेमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापाकाईले जोड दिएका थिए ।
    रोहिणी गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्यका लागि जिल्ला समन्वय समितिको नाममा रहेको जग्गा हस्तान्तरण गरिएको गाउँपालिकाको प्रशासनिक भवन छिटो निर्माण गर्नु पर्छ । जिल्ला समन्वय समितिका पूर्व प्रमुख एक राज विश्वकर्माले बताए ।
    रोहिणी गाउँपालिकाका प्रमुख विद्याप्रसाद यादवले प्राथमिक भवन १५ शैयाको अस्पताल र क्याम्पस आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताए । स्थानीय सरकारले पूर्ण रुपमा अधिकार पाउन नसकेको बताए । गौतम बुद्धको जन्म स्थल संगै जोडिएको रोहिणीको आफ्नै छुट्टै पहिचान रहेको छ । रोहिणीलाई नमुनाको रुपमा बनाउनको लक्ष्य राखेको छु । प्रदेश र केन्द्र सरकार संग समन्वय गरेर अघि बढ्ने विचार व्यक्त गरेका थिए ।
    रोहिणी गाउँपालिकाको पूर्वअध्यक्ष सनोज कुमार यादवले प्रशासनिक भवनलाई प्राथमिकतामा राख्न अग्रह गरे । आफ्नो कार्यकालको अवधिमा जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख बाट सधै साथ र सहयोग पाएको बताए ।
    राप्रपाका केन्द्रिय सहायक मन्त्री ताहिर अलिले जनताको प्रतिनिधि भई सके पछि एउटा पार्टी मात्र नभई सबैको हुनु पर्ने बताए । जनप्रतिनिधिले जनताको दुःख सुखमा समर्पित भएर काम गर्नु पर्नेमा जोड दिए ।
    नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव बैजनाथ सहानी (मुकेश)ले कृषिमा उपलब्धी देखिने खालको नीति बनाउनु पर्ने बताए । स्वागत मन्तब्य कै क्रममा वडा नम्बर ६ का वडा अध्यक्ष इन्द्रमान चौधरी थारु समग्र विकासको आवश्यकता रहेकोमा जोड दिए । साथै क्याम्पस पनि संचालन गर्नु पर्ने बताए ।
    रोहिणी गाउँपालिकाका प्रमुख विद्या प्रसाद यादवको अध्यक्षतामा, प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा को प्रमुख अतिथ्यतामा , पालिका योजना शाखा प्रमुख राजकुमार मिश्रााको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
    गाउँपालिकाको उपाध्यक्ष शिवकान्ति प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम प्रवक्ता विर बहादुर क्षेत्री वडा अध्यक्ष र सदस्य तथा कार्यपालिकाका सदस्यहरु लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
    १२ औं गाउँसभा कार्यक्रमको विच गाउँपालिकाका पूर्वअध्यक्ष सनोज कुमार यादवलाई सम्मान गरेको छ । प्रशासनिक भवन निर्माणका लागि जग्गा प्राप्तिमा सहयोग गरेको भन्दै यादवलाई सम्मान गरिएको हो । गाउँपालिकाको प्रशासनिक भवनमा जाने वाटोको लागि निःशुल्क जग्गा प्रदान गरी सहयोग गर्ने विष्णु प्रसाद चौधरी , इसरावती भुज, रामवृक्ष कोहाँर, रोहित चौधरी र प्रहलादे कोहाँरलाई जग्गा दाताको रुपमा सम्मान गरिएको थियो ।
    यसै गरी प्रतिनिधि सभा सदस्य क्षेत्र नमबर १ बाट जन निर्वाचित छविलाल विश्वकर्मा प्रदेश सभा सदस्य क्षेत्र नम्बर १(क) वाट निर्वाचित अशिष कुमार चौधरी र क्षेत्र नम्बर १(ख) वटा निर्वाचित अब्दुल रज्जाक , जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई पूर्वप्रमुख एक राज विश्वकर्मालाई सम्मान गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.