logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    आधुनिक र प्रविधिमैत्री बन्दै भानु मा.वि.


    १९ माघ २०७९ , बिहिबार

    आधुनिक र प्रविधिमैत्री बन्दै भानु मा.वि.

    अङ्ग्रेजी माध्यमबाट पढाउने तयारी
    रुविना थापा
    मायादेवी, १९ माघ । सिद्धार्थनगर नगरपालिकामा रहेको भानु माध्यामिक विद्यालयले असल नागरिक उत्पादनमा महत्वपूर्ण भुमिका खेलेको छ । यस विद्यालयले विगत वर्ष देखि यहाँका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै योग्य र असल नागरिक बनाउने भुमिका निर्वाह गर्ने गरेको स्थानीयबासीहरु बताउँछन् । वि.स २०३३ सालमा स्थापना भएको यो विद्यालयले हाल सम्म सयांै विद्यार्थीहरुलाई उज्जवल भविष्यको मार्गमा हिडाउन सफल भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । स्कुल स्थापना भएको ४६ वर्ष सम्म निरन्तर सकारात्मक शैक्षिक गतिविधिलाई आधारशिला बनाएर आफ्ना शैक्षिक कार्यक्रमहरु अगाडि बढाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानले जानकारी दिनुभयो । यस विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या ७ सय ८९ रहेका छन् । जसमा छात्रको संख्या ३ सय ५१ र छात्राहको संख्या ४ सय ३८ रहेको साथै विद्यालयमा कार्यतर शिक्षक तथा अन्य कर्मचारीहरुको संख्या ३५ रहेको व्यवस्थापन समितिका अध्यक्ष खानले जानकारी दिनुभयो । यस विद्यालयमा पुस्तकालय, कम्प्युटर कक्षा र विज्ञान प्रयोगशाला समेत रहेको यो विद्यालयमा विद्यार्थीहरुका लागि पर्याप्त खेलमैदानको समेत सुविधा रहेको व्यवस्थापन समितिका अध्यक्ष खानले बताउनभयो । स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आए पनि आर्थिक अभावका कारण सधैं समस्या झेल्नु परेको गुनासो विद्यालयको देखिन्छ । यहाँ खानेपानी तथा शौचालयको उचित सुविधा नहुँदा विद्यार्थी तथा शिक्षकलाई समस्या पर्ने गरेको विद्यालयका प्राचार्य मोतिलाल सुवेदीले जनाउनुभयो । कक्षा कोठाको अभाव भएका कारण विद्यालयले धेरै विद्यार्थीहरुलाई एउटै कक्षा कोठामा राखेर अध्यापन गराउनु पर्ने बाध्यता रहेको प्राचार्य सुवेदीले बताउनुभयो । विद्यालयमा विभिन्न आर्थिक र भौतिक अभाव भए पनि विद्यार्थीहरुका लागि शैक्षिक वातारण निर्माण, अनुशासन र शैक्षिक गतिविधिमा सकृय बनाउने काममा शिक्षक तथा व्यवस्थापन समितिले सधै निरन्तरता दिएको प्राचार्य सुवेदीको दावी रहेको छ । विद्यालयमा दरबन्दीमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई सेवा शुल्क तथा विद्यालयको अन्य व्यवस्थापनका लागि स्थानीय तहमा उजुरी गरेपनि कुनै किसिमको सहयोग उपलब्ध हुन नसकेको गुनासो प्राचार्य सुवेदीले जनाउनु भयो ।
    अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम र शिक्षकहरुलाई विषयगत तालिम पनि समय समयमा गराउने काममा समेत भानु माध्यामिक विद्यालय गरिरहेको छ । उपलब्ध जनशक्तिबाट विषयगत र तह गत शिक्षण व्यवस्थापनमा समेत विद्यालयले जोड दिने गरेको विद्यालयको सूचना शाखाले जनाएको छ । विद्यालयले शिक्षण सहजीकरणका लागि आधुनिक प्रविधिको प्रयोग गरि शिक्षण सहजीकरण गर्दै आएको बताउदैं स्कुलका शिक्षक चक्र थापाले समय सापेक्ष अङ्ग्रेजी र नेपाली दुबै माध्याममा क्रमश ः पठन पाठनको व्यवस्था गरिएको जानकारी दिनुभयो । विद्यालयले समसामयिक विषयहरुमा सचेतीकरण र विद्यार्थीहरुको सृजनशीलतालाई प्रोत्साहन गर्ने काम गरेको छ । शिक्षक थापाले भन्नुभयो,“ विद्यार्थीहरुको आन्तरिक प्रतिभाको प्रस्फुटन गराउनका लागि समेत विभिन्न अतिरिक्त क्रियाकलाव गराउने कामलाई निरन्तरता दिने गरेको छ ।
    कानुन र व्यवस्थापन विषयमा कक्षा ११ र १२ मा दरबन्दी शिक्षकको अभाव हुदाँ कक्षा संचालनमा समस्या परेको विद्यालय प्रशासनले बताउने जनाएको छ । कक्षा कोठाको अभावमा हुँदा अङ्ग्रेजी र नेपाली माध्यामबाट कक्षाहरु संचालन गर्ने योजना कार्यान्वयन गर्न नसकेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा चमेना गृह, चौकिदार, कुचिकार र अङ्गे्रजी माध्यामबाट अध्यापन गराउनका लागि नीजि स्रोतका शिक्षकको अभाव रहेको विद्यालयमा देखिन्छ । यस्तो समस्याको बावजुत पनि भानु माध्यामिक विद्यालयले सिद्धार्थनगर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु मध्ये कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डले वि.स. २०७९ मा लिएको परीक्षामा सवै भन्दा उत्कृष्ट अंक ल्याउने ४ जना विद्यार्थीहरु यसै विद्यालयका रहेको जानकारी दिनुभयो । विद्यालयले शैक्षिक गुणस्तरका लागि ५ वर्षे योजनाहरु तयार गरेर कार्यान्वयन गर्ने पक्षमा रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । दीर्घकालिन र अल्पकालिन योजना तयार गरेर विद्यालयले कार्यान्वयन गर्ने गरेको देखिन्छ । विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकार संग योजनाहरु माग गरी कार्यान्वयन गरिरहेको विद्यालय प्रशासनले जनाएको छ । यस विद्यालयमा विद्यार्थीहरुका लागि विभिन्न छात्रवृत्तिहरु समेत वितरण गरिन्छ । लायन्स, जेसिज, रोटरी, जनउत्थान सहकारीहरुले यस विद्यालयमा विभिन्न समयमा गरीब र असाहयका लागि शैक्षिक सामग्रीहरु वितरण गर्ने गरेको विद्यालय स्रोतले जनाएको छ । विद्यालयमा गरीब तथा अपाङ्गहरुका लागि भास्करानन्द माया शर्मा छात्रवृत्ति, मेघा बैंक लगायतका संघ संस्थाहरुले समेत निरन्तर सहयोग पुराउदै आएका छन् । विद्यालयमा दलित तथा छात्राहरुका लागि समेत सरकारी तहबाट बार्षिक छात्राबृत्तिको व्यवस्था रहेको विद्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.