लुम्बिनीखबर
सिद्धार्थनर, फागुन । टुगा आस्था विकास साकोस संस्थाले वार्षिक कार्यक्रम अनुरुप फागुन ५ देखि ७ गते आइतबार सम्म मकवानपुर जिल्लाको भ्रमणसंगै समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।
टुगा आस्था विकास साकोस संस्थाका संचालक, सल्लाहकार, उपसमिति र कर्मचारीहरुको सहभागितामा चालु आ.व.को अर्धवार्षिक समीक्षा तथा संस्थाको ४ वर्षीय व्यवसायिक रणनीतिक योजनाको दोस्रो त्रैमासिक समीक्षा गोष्ठी र उत्कृष्ट सहकारी संस्था अवलोकन भ्रमण कार्यक्रम मकवानपुर जिल्लामा सम्पन्न गर्ने भएको छ ।
यस आर्थिक वर्षको अन्तसम्म ८४ करोड ९१ लाख पूँजी र ९ हजार १ सय ५९ जना सदस्य पु¥याउने लक्ष्य राखेको वार्षिक नीति तथा कार्यक्रमको अवधिक समीक्षा गरिएको हो ।
यस संस्थाका सदस्यको सबै बचत निक्षेप र बाह्य ऋणलाई सदस्यलाई ऋण प्रवाह गरेको, सदस्यको सेयर पूँजी र भुक्तानी दिनु पर्ने तथा अन्य दायित्व पूँजी बैंकमा तरलताको रुपमा रहेको, लागत रहित कोषबाट वित्तीय लगानीमा प्रयोग भएको तथा संस्थाले कुनै पनि स्थायी सम्पत्तिमा सेयर सदस्यको सेयर र बचतबाट खर्च नगरेको पूँजीको स्रोत र प्रयोग विश्लेषण गरेको छ ।
कूल बचत निक्षेपको आधारमा समीक्षा अवधिको अन्तमा १९.६३ प्रतिशत तरलता रहेका छ । यस संस्थाले लक्ष्य गरिएको सेयर पूंजीको ८९.३५ प्रतिशत, बचत निक्षेपको ८४.८५ प्रतिशत, ऋण लगानीको ७६.९९ प्रतिशत, सेयर सदस्य ६८.०९ प्रतिशत प्रगति भएको समीक्षा गर्याे । गोष्ठीले ३ वर्ष अघिको अर्धवार्षिक देखि हालको अर्धवार्षिक सम्म कूल पूँजी विस्तारमा २५.८६ प्रतिशत दरले वृद्धि भएको निष्कर्ष निकालेको छ । गोष्ठीले अवधिक रणनीतिक योजनामा तय गरिएको योजनालाई अझँै क्रियाशील गराउन सात बुँदे प्रतिवद्धता पत्र जारी गरेको छ ।
गोष्ठी संगै मकवानपुर जिल्लाको हेटौडा उप–महानगरमा रहेका दुइवटा उत्कृष्ट बचत सहकारीहरु महिला मिलन र जनचेतना साकोसको अवलोकन भ्रमण पनि गरेको छ । भ्रमणबाट समुदायमा आधारित भएर सस्था चलाउन सकिएमा वर्तमान अवस्थामा सहकारी प्रति जतिसुकै नकारात्मक संदेश भए त पनि कुनै पनि असर नगर्ने सिकाइ भएको शिक्षा उपसमिति संयोजक गोकुल पोखरेलले बताए ।
५४ जना पदाधिकारीहरुको सहभागितामा मिति २०७९ फागुन ५ देखि २०७९ फगुन ७ गतेसम्म सम्पन्न भएको थियो । उक्त कार्यक्रमको नेतृत्व संस्थाका अध्यक्ष डी.बि.थापा, संयोजक शिक्षा उपसमिति गोकुल पोखरेल, गोष्ठी कार्यक्रम संचालन सचिव जीत बहादुर रास्कोटी, समीक्षा सामग्री प्रस्तुतीकरण मुख्य प्रवन्धक लक्ष्मण कुमार थापा र अर्थ संयोजन सेके प्रवन्धक लक्ष्मण काउचाको रहेको थियो ।