इरशाद अहमद खान
भारतबाट मासिक ५० हजार भन्दा बढी गाडी नेपाल भित्रिन्छन
बेलहिया । भैरहवा भन्सार कार्यालय हँुदै दैनिकरुपमा लगभग ५० हजार भन्दाबढि मोटर (मालवाहक र यात्रुवाहक) नेपाल भित्रिने गरेका छन् ।
भैरहवा भन्सार कार्यालयको रेर्कडमा मासिक रुपमा यतिको सख्यामा भारतीय मालवाहक र यात्रुवाहक गाडीहरु नेपाल भित्रिने गरेको देखिन्छ । भन्सारमा जानकारी नगरी नेपाल भित्रिनेको सख्या पनि उच्च रहेको छ । सीमाक्षेत्रमा दैनिकरुपमा भित्रिने सयौको सख्यामा भारतीय गाडीहरु गुड्ने गरेका छन् ।
भैरहवा भन्सार जस्तै अन्य सीमानाका बाट कानुनी र कानुन विपरित धेरैको सख्यामा भारतीय मोटर गाडी दैनिक जसो नेपाल प्रवेश गर्दछन् । कोभिडको समयमा भारतीय सवारी साधनहरु नेपाल प्रवेशमा बन्देज भएपनि कोभिड पछि उनीहरुको आगमनमा बृद्धि भएको छ । भारतीय मालवाहक गाडीहरुको आगमन भने नेपालमा सधै हुने गरेको छ ।
नेपालमा भारतबाट दुई प्रकारका गाडीहरु भित्रिने गरेका छन् । एक ढुवानीका सामानहरु बोकेर र अर्को सवारी बोकेर आउने गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भारतबाट नेपालमा मालवाहक ट्रक तथा कन्टेनर, पिकअप, पेट्रोल ट्याङ्कर, ग्यास बुलेट, कार, मोटर साईकल भित्रिने गरेका छन् ।
भारतबाट प्राय नेपालमा व्यावसायीका समान बोकेर हजारौ कन्टेनर तथा मालवाहक गाडीहरु आउने गर्दछन् । त्यसको अलवा यहाँ पर्यटक बोकेर समेत भारतीय बस तथा कारहरु नेपाल भित्रिने गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयमा भन्सार महसुल तिरेर केही दिनका लागि भारतीय सवारी साधनहरु आउने गरेको देखिन्छ । १ दिनका लागि भन्सार सुविधा प्रयोग गरेर पनि नेपालमा दैनिक ठुलो सख्यामा सवारी साधनहरु भित्रिने गरेको भैरहवा भन्सारको तथ्याङ्कको देखाउछ ।
नेपालमा भित्रिने मालवाहक कन्टेनरहरुले यहाँको कानुन विपरित ओभरलोड बोकेर आउने गरेका छन् । यसरी ओभरलोड बोकेर आउने ट्रकहरुलाई यहाँको प्रहरी प्रशासनले सहजै जरिवाना रसिद काटेर निर्वाहदरुपमा गुड्न दिनेगरेको छ । जसका कारण यहाँका सडकहरु निर्माण भएको समय संगै भत्किने गरेका छन् । त्यस्तै, भारतीय मालवाहक कन्टेनर ओभरलोड बोकेर नेपालका कुना काप्चा सम्म पुग्ने सुविधा पाएपछि नेपाल सरकारलाई वार्षिक लाखौ कर बुझाउने यहाँका व्यवसायीहरुले सञ्चालन गरेका ढुवानीका साधनहरु काम नपाएर आर्थिक समस्या पर्ने गरेका छन् । भारतबाट भित्रिने सवारीका साधनहरुले पनि नेपालमा दर्ता रहेका हजारौ सार्वजनिक सवारी साधनहरुलाई विस्तापित गर्ने गरेका छन् । राज्यले यस तर्फ ध्यान दिएको देखिदैन ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले नेपाल सरकारको कानुन अनुसार आफुहरुले काम गर्नुपर्ने भएकाले भारतीय गाडीहरु नेपाल प्रवेश गर्नमा भन्सार कार्यालयले केही गर्न नसक्ने बताउनुभयो । उहाँले ढुवानीका कन्टेनरहरु ७२ घण्टा सम्म नेपाल भित्रिएर फर्किन सक्ने व्यवस्था कानुनमा रहेको र अस्थायी पैठारीको व्यवस्था अनुसार सवै भारतीय गाडीहरु नेपालमा प्रवेश सहज गराएको जानकारी दिनुभयो । कानुन अनुसार भारतीय सवारी साधनहरु नजिकको बजार सम्म आउन सक्ने कानुनी व्यवस्था रहेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कानुन अनुसार कार्यान्वयन गर्ने काम आफुहरुको रहेको बताउदै ओभरलोड कन्टेनरलाई समान पल्टि गरी भार मिलान गर्ने व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले ओभर लोड भारतीय कन्टेनर नेपालमा निर्वाहदरुपमा गुडने व्यवस्था रोकिएको बताउदै थप विषयहरु छलफलबाट निचोड निकाल्न सकिने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।