logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सीमाक्षेत्रको जनपक्षीय काम गरौँ


    १८ फाल्गुन २०७९ , बिहिबार

    सीमाक्षेत्रको जनपक्षीय काम गरौँ

    नेपाल—भारत सीमाक्षेत्र खुल्ला छ । सीमाक्षेत्रलाई दसगजा क्षेत्रले छट्टाएको छ । भौगोलिक रुपमा नेपाल र भारत फरक छ । तर दुई देशको जनस्तरको सम्बन्ध चाही सारै नजिक रहेको देखिन्छ । जनस्तरमा गाढा सम्बन्ध भएका यी दुई देशमा कहिले काही आपसी बेमेल देखिएपनि जनस्तरमा सधै माया, प्रेम र भाइचाराको सम्बन्ध रहिरहेको छ । नेपाललाई भारतले कहिले काही हेप्ने प्रवृत्ति छ । त्यसको विरोध पनि जनतालाई तल्लो तहबाटै जवाफ फर्काउने गरेका छन् । नेपालमा राजनीतिक तहमा देखिने अस्थिरताले विकास र समृद्धिको यात्रालाई अवरोध पु¥याउने गरेको छ । तर जनतामा राजनीतिक तहमा हुने खिचातानीले तनावमा पार्ने गर्दछ । नेपाल—भारत खुल्ला सीमाका कारण दुई देशमा जनतालाई एकअर्को देशमा आवतजावत गर्नका लागि समेत सहज स्वतन्त्र छ । जसका कारण समेत यहाँका जनता बसोवासका हिसावले फरक देश भएपनि सम्वन्ध भने एकदेशमा वा एकै भुगोलमा रहेजस्तो अनुभुती छ । व्यापारिक दृष्टिकोणले समेत सामान्य किनमेल गर्नका लागि सीमाक्षेत्रका जनता एकअर्को देशमा सहजै जाउआउ हुने गर्दछ । त्यसकारण नेपाल—भारत सम्बन्धका यी पक्षहरु संसारभरका अन्य देशभन्दा सुन्दर पक्ष रहेको देखिन्छ । एकदेशमा समस्या परे अर्को देशका जनताले सहजरुपमा सहयोग पु¥याउने काम पनि यहाँ हुने गरेको छ । भारतले गरेका नाकाबन्दीको विरोध पनि नेपाल—भारतको सीमाक्षेत्रमा बस्ने स्थानीयले सयुक्तरुपमा कडा विरोध गरेका थिए । भुकम्प र बाढी, पहिरो वा प्राकृतिक विपत्तिमा पनि दुवैदेशका जनताले जनस्तरमा सहयोग आदानप्रदान गर्ने गरेको देखिन्छ । धार्मिक तथा सांस्कृतिक, लिपि र भाषामा समेत धेरै समानता भएका यी दुई देशको सम्बन्ध परम्परागत र पुरानो रहेको छ । यी देशको सम्बन्धलाई राष्ट्रको रुपमा मात्र नभएर जनताको स्तरमा भएको विश्वको एकमात्र देश नेपाल—भारत हुन । त्यस कारण यी देशको सम्बन्धलाई थप—मजबुद बनाउने काम यहाँका जनताले गर्ने गरेका छन् । सीमाक्षेत्रमा बस्ने प्राय नेपाल—भारतका जनताहरुको सम्बन्ध धेरै निकता र आत्मियता रहेको छ । तर राज्यले गर्ने त्यसक्षेत्रको विकास र निर्माणलाई ध्यान नदिदा एकदेश र अर्को देशका जनतामा फरकपन देखिन्छ । नेपाल र भारतबीच १८८० किलोमिटर खुल्ला सीमाना छ । तर केही क्षेत्रमा अहिले पनि सीमा विवाद देखिन्छ । तर जनतामा कहिल्लै पनि विवाद भने देखिदैन । जनपक्षीय सम्बन्ध भएको नेपाल—भारत सम्बन्धलाई थप उचाईमा पु¥याउने काम पनि यहाँका जनताले गरेका छन् । नेपाल गरिब देश भएका कारणले खुल्ला सीमाको फाईदा यहाँका जनताले प्राप्त गरेका छन् । व्यापार तथा भारतीय प्रविधिको प्रयोग गर्न नेपाली जनतालाई सहयोग पुराएको छ । कृषि तथा उद्योग क्षेत्रको व्यापारमा पनि नेपाली जनताले भारतीय उत्पादनलाई प्राथामिकतामा राख्ने गर्दछ । तर पनि नेपाललाई फाइदाका साथसाथै केही बेफाइदाहरु समेत हुने गरेका छन् । यहाँका धेरै सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले दुःख दिने तथा भारतीय मार्ग हुदै धेरै नेपाली तेस्रो मुलुक सम्म मानव तस्करको फन्दामा पर्ने गरेका छन् । नेपाली बजारमा भारतीय उत्पादनको एकाधिकार समेत हुने गरेको छ । त्यस कारण जनता—जनताको सम्बन्धलाई स्थायीत्व दिदै हुने कुनै पनि अनैतिक कृयाक्लावको विरुद्धको राज्य लाग्नु पर्ने अहिलेको आवश्यकता छ । त्यस कारण नेपाल र भारतको सम्बन्धलाई सकारात्मक मार्गमा डो¥याउने र नकारात्मक पक्षको न्यूनिकरणका लागि दुवैदेशका सरकार प्रमुख समक्ष हाम्रो आग्रह छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.