पशुपति यादव
रोहिणी, फागुन । धकधई सामुदायिक समाज सेवा केन्द्र धकधईको आयोजनामा सामुदायिक समझेदारी सरसफाई अभियान कार्यक्रम फागुन १९ गते सम्पन्न भएको छ ।
सामुदायिक समाज केन्द्रको वार्षिक कार्ययोजना अनुसार कार्यक्रम भएको सचिवालयले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि रोहिणी गाउँपालिका प्रमुख विद्या प्रसाद यादवले युग अनुसार हरेक मानव जातिको सोच बदलेमा मात्र केन्द्र, प्रदेश तथा स्थानीयतहमा बदलाव आउने छ ।
आजको आवश्यकता बदलिदो युगको सुहाउदो विचारबाट नै नगरबस्ती ग्रामीण सहर समेतमा व्यक्ति सोच राम्रो राखेमा सरसफाई हराभरा समेतमा हुने बताए ।

कार्यक्रम जय प्रकाश यादवको अध्यक्षतामा संचालन गरिएको थियो । रोहिणी उपाध्यक्ष शिवकान्ति हरिजनको विशिष्ट अतिथ्यतामा, वडा नम्बर ३ का अध्यक्ष तथा रोहिणी प्रबक्त वीर बहादुर क्षेत्री, वडा नम्बर १ का अध्यक्ष अविद अलि पठान, वडा नम्बर २ का अध्यक्ष करम खाँन, वडा नम्बर ४ का वडा अध्यक्ष तारानाथ यादव, धकधई प्रहरी हवल्दार सुजित चौधरी, प्रहरी जवान अखिलेश यादव, सचिव पंजावी यादव, पदम खत्री, कान्छा कोहाँर, प्रेम साागर शुक्ला, राजधर हरिजन, रमेश यादव, अमिन तेली लगायतका पदधिकारीहरुको उपस्थितिमा उपसचिव पशुपति यादवको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।