logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    प्रहरी द्वारा १० लाख बढीको मोबाइल बरामद


    २६ फाल्गुन २०७९ , शुक्रबार

    प्रहरी द्वारा १० लाख बढीको मोबाइल बरामद

    ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
    नवलपरासी, फागुन । पश्चिम नवलपरासीमा प्रहरीले भन्सार छली चोरी पैठारीमा गरी ल्याएको करिब १० लाख ६२ हजार मुल्य बराबरको अवैध मोबाइल बरामद गरेको छ ।
    सोमबार बिहान पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ भगतपुरा स्थितबाट अबैध रुपमा भन्सार छलेर भारतबाट नेपाल तर्फ मोटरसाइकलमा ल्याउदै गरेको स्मार्ट सेवन मोवाईल ११ पिस र पोको एम फोर प्रो मोवाईल २५ पिस प्रहरी चौकी गेर्मीबाट प्रहरी सहायक निरीक्षक कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
    प्रहरी टोलीलाई देखे पछि उक्त मोबाइलहरू सोही स्थानमा छाडी मानिस मोटरसाइकल लिई फरार भएकोमा उक्त मोबाइल प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइ साथै उक्त मोबाइल कसले ल्याएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.