एलिना आचार्य
भैरहवा, फागुन । शुभ अवसर ग्राम नेपालको आयोजना तथा गुड सेर्फड ईन्टरनेश्नल फाउन्डेसन नेपालको सहकार्यमा सेवा प्रदायक निकायह?लाई मानव बेचबिखन सम्बन्धि क्षमता अभिवृद्धि तालिम कार्यक्रम गरेको छ ।
नेपालमा मानव बेचबिखन, असुरक्षित बसाईसराई तथा अनलाईन मार्फत बालबालिकामा हुने यौन शोषण रोकथाम र नियन्त्रणका लागि कार्यक्रम सम्पन्न गरिएको हो । यो कार्यक्रम सिद्धार्थनगर नगरपालिकामा फागुन २५ गतेका दिन देखि २७ गते सम्म गरिएको भएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बराईले स्थानीय पालिकामा मानव बेचबिखन सम्बन्धि कार्यविधि यार पारिने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमका अध्यक्ष सेर्फड ईन्टरनेश्नल फाउन्डेसन नेपालका प्रतिनिधि तस्कीला निकोलसले मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि ३ तहका सरकार, प्रहरी, नागरिक समाज पत्रकार सम्पूर्णको महत्वपूर्ण भूमिका रहेने बताउनुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि रोहिणी गाउँपालिकाका उपप्रमुख कान्त्ति हरिजनले कार्यक्रमले मानव बेचबिखन सम्बन्धि सचेत हुन थप सहयोग पु¥याउने बताउनुभयो ।
उक्त मानव बेचबिखन सम्बन्धि सचेतना, अन्तरक्रिया र जनचेतना फैलाउनका निम्ति कार्यक्रम संचालन गरिएको कार्यक्रम संचालकले बताउनुभयो ।
मानव बेचबिखन, असुरक्षित बसोबास तथा अनलाइन मार्फत बालबालिकामा हुने यौन शोषण रोकथाम परियोजना अन्तर्गत तालिमको प्रशिक्षक नानीमाया थापा रहेका थिए । कार्यक्रममा ?पन्देही जिल्लाका विभिन्न स्थानीय तहका पालिका प्रमुख, उपप्रमुख, कर्मचारी, प्रहरी, सरकारी तथा गैर सरकारी संस्थाका पदाधिकारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।