रुविना थापा
मायादेवी, फागुन । रुपन्देहीको मायादेवी गाउँपालिकाभित्र रहेका सहकारीहरुले आर्थिक समृद्धि तथा विकासको क्षेत्रमा आश लाग्दो देखिएको छ ।
गाउँपालिका भित्र सहरकारी खुलेपछि स्थानीय जनताहरुलाई आर्थिक कारोवार गर्नका लागि सहज र सरलता भएको गाउँपालिकाको सूचना शाखाले जनाएको छ ।
सहकारीहरुल आर्थिक कारोवारमा सहयोग पुराउनुका साथै मलखाद, कृषि सामग्री, बिउविजन लगायतमा सस्तो र भरपर्दो मूल्यमा कृषकहरुलाई उपलब्ध गराउदै आएको मायादेवी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।
पालिकाको आर्थिक समृद्धिको लागि सहकारीको भुमिका महत्वूुर्ण छ । गाउँपालिकाका अध्यक्ष धुब्रनारायण चौधरीले भन्नुभयो,“ सहकारीको पालिकाले नियमित अनुगमन गर्ने र आवश्यकता अनुसारको कानुनी साहयता तथा तालिम प्रदान गर्ने गरेका छौं । सहकारीलाई नीति, नियम र मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन दिने गरेको समेत अध्यक्ष चौधरीले जानकारी दिनुभयो । उहाले आफ्नो पालिका भित्र सञ्चालनमा रहेका सहकारीहरुलाई ऋण लगानी र बचत गर्ने तरिकाका विषयमा समेत बार्षिक रुपमा तालिम दिने गरेको बताउनुभयो ।
उद्धेश्य र मापदण्ड अनुसार खुलेका सहकारीहरुलाई व्यवस्थितरुपमा सञ्चालन गराउनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम तथा नीति निर्माण गरेको जानकारी दिदै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीले जनमुखी सहकारीले स्थानीय जनतामा सहयोग पुराएको बताउनुभयो । उहाँले सहकारीलाई उत्पादन संग जोडेर जनतालाई आर्थिक उन्नतीमा सहयोग पुराउने तर्फ अग्रसर हुन आग्रह गरिएको जानकारी दिनुभयो ।
मायादेवी गाउँपालिका भित्र खुलेका सहकारीहरुले कृषि सामाग्री वितरण गर्ने र किसानहरुलाई उत्पादन संग जोड्ने काम गरेको गाउँपालिकाका सहकारी शाखा प्रमुख बालकृष्ण बरईले जानकारी दिए ।
गाउँपालिका भित्र ४२ वटा सहकारीहरु संचालनमा रहेका छन् । जसमध्ये ३९ वटाले कृषि सामाग्रीको डिलरसीप लिएको गाउँपालिका सहकारी शाखाले जनाएको छ । बचत तथा ऋण लगानी गर्ने सहकारीको सख्यामा पनि यस पालिका दर्ता रहेका छन् । सहकारी शाखा प्रमुख बालकृष्ण बरईका अनुसार– पालिकामा सहकारीको विकास संगै सहकारी संग आर्थिक रुपमा कारोवार गर्ने सदस्यहरुको संख्या १८८३ रहेको छ ।
पालिकाले सहकारीको माध्याम बाट स्थानीय जनसमुदाय तथा कृषकहरुलाई विभिन्न कृषि अनुदान तथा कृषि सामाग्री समेत वितरण गर्ने गरेको गर्ने गरेको छ । सहकारी शाखा प्रमुख बरईले भन्नुभयो, “ सहकारीलाई बैज्ञानिक र व्यवहारिक बनाउनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।”
मायादेवी गाउँपालिकाले सहकारी सञ्चालनका लागि व्यवस्थापन तथा सञ्चालक समितिलाई विभिन्न तालिम समेत उपलव्ध गराउने गरेको छ । कृषि क्षेत्रलाई उत्पादन संग जोडने काम सहकारीले गरेकाले सहाकारीहरु कृषक संग प्रत्यक्ष जोडिएको सहकारी शाखा प्रमुख बरईले बताउनुभयो ।
उहाँले कृषकको जिवनस्तर उकास्नका लागि समेत सहकारीहरुको भुमिका महत्वपूर्ण रहेको जानकारी दिनुभयो । यस पालिकामा रहेका सहकारीमा आर्थिक तथा व्यवस्थापकिय समस्या समेत हाल सम्म नरहेको गाउँपालिकाले जनाएको छ ।
सहकारीको सेवा सम्बन्धी किसानहरुको गुनासो प्रति मध्यनजर गरेर पालिकाले समय समयमा अनुगमन गरी सहकारी गंग सहकार्य गर्ने गरेको सहकारीका व्यवस्थापकहरु बताउँछन् । स्थानीय पालिकाले सहकारीका सवै गतिविधिहरु हेर्नुपर्ने भएकाले पनि मायादेवीमा सहकारीको कारोवार पादर्शी हुने गरेको पालिकाको रेकर्डमा देखिन्छ ।