logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    अत्याधुनिक तथा गुणस्तरीय ल्याव विस्तार संगै एडभान्स हेल्थ प्याकेज संचालन


    २ चैत्र २०७९ , बिहिबार

    अत्याधुनिक तथा गुणस्तरीय ल्याव विस्तार संगै एडभान्स हेल्थ प्याकेज संचालन

    “सिद्धार्थनगर सिटी हस्पिटलले हेल्थ स्क्रिनिङ् तथा होल बोडी चेक अप सुरु”
    लुम्बिनीखबर
    सिद्धार्थनगर, २ चैत्र । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको सिद्धार्थनगर सिटी हस्पिटलले अत्याधुनिक तथा गुणस्तरीय ल्याव विस्तार संगै एडभान्स हेल्थ प्याकेज संचालन गरेको छ ।
    सिद्धार्थनगर सिटी हस्पिटल २०६७ साल भाद्र महिनामा १५ शैयाबाट स्वीकृति लिई सेवा सुभारम्भ गरेको यस हस्पिटल हाल १०० शैयामा स्तर वृद्धि हुदै आफ्नै भवनमा सेवा संचालन गर्दै आएको छ । १२ वर्षको निरन्तर प्रयासले यहाँ सम्म आईपुगेको छ । यस हस्पिटलले यस क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरी छिटो छरितो सेवा सुविधा लिनको लागि काठमाण्डांै तथा इन्डिया धाउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै अत्याधुनिक ल्यावमा उच्च गुणस्तरीय यन्त्र उपकरण, औजार, दक्ष तथा अनुभवी कर्मचारी सहित संचालनमा रहेको हस्पिटलका प्रबन्ध निर्देशक अजुन पौडेलले बताउनुभयो । सिद्धार्थनगर सिटी हस्पिटल स्तरीय मापदण्ड सहित संचालित रहेको हस्पिटलले हाल अत्याधुनिक ल्याव उपकरण सहित छिटो छरितो सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सम्पूर्ण किसिमका ल्याव टेस्टहरु एउटै छाना मुनि गर्न सक्ने उच्च श्रेणीको ल्याव व्यवस्था सहित सेवा संचालन गरेको हस्पिटलका प्रबन्ध निर्देशक पौडेलले जानकारी गराउनुभयो ।


    सिद्धार्थनगर सिटी हस्पिटलले विगतमा विभिन्न किसिमका हर्मोनल टेस्टहरु काठमाण्डाँै तथा भारत पठाएर परिक्षण गर्दा समय धेरै लाग्ने भएकाले अत्याधुनिक ल्याव मेसिन जडान गरी सम्पूर्ण टेस्टहरु आफ्नै ल्यावबाट एक घण्टामा १५० देखि २०० जनाको सामान्य टेस्ट गर्न सक्ने क्षमता भएको उपकरण जडान गरी एक घण्टा भित्रै रिपोर्ट उपलब्ध गराउन सक्ने गरी अत्याधुनिक ल्याव सेवा विस्तार गरेको छ । यस ल्यावले होल बोडी चेक अपको लागि भात तथा काठमाण्डाँै जानुपर्दछ भन्ने मान्यतालाई तोड्ने गरी अत्याधुनिक उपकरण सहित सेवा विस्तार गरेको पनि हस्पिटल स्रोतको भनाई रहेको छ ।


    मानव शरीरमा हुने जुनसुकै शारिरिक स्वास्थ्य समस्याहरु समयमा नै पत्ता लगाई बचाउन सकेमा दीर्घ रोग लाग्नबाट बाँच्न सकिन्छ । त्यसबाट हुन सक्ने अप्ठ्यारो लाई न्यूनिकरण गर्न सकिन्छ । त्यसैले मानव शरिरमा आउने परिवर्तन तथा स्वास्थ्य समस्या समयमा पत्ता लगाई स्वस्थ जिवन यापन गर्नको लागि यस हस्पिटलले संचालन गरेको होल बोडी प्याकेज ले सहयोग गर्नेछ ।
    मानिसको शारीरिक जाँच तथा विभिन्न डाईनोस्टिक इन्भेष्टिगेसन मार्फत स्वास्थ्य अवस्था कस्तो छ भनेर जाँच पड्ताल गर्ने प्रक्रिया लाई हेल्थ स्क्रिनङ् भनिन्छ । पूर्ण रुपमा स्वस्थ रहेका व्यक्तिहरुले पनि स्वस्थ जीवनयापन गर्नको लागि यो जाँच आवश्यक हुन्छ । स्क्रिनिङ् तथा होल बोडी चेक अपमा गरिएका टेस्ट को अहिले रिजेल्ट नार्मल आएको छ भने पनि डाक्टरको सल्लाह बमोजिम ६ महिना देखि १ वर्ष भित्र नियमित जाँच गराउनुका साथै स्वस्थ जीवनयापनमा ध्यान दिनु पर्दछ । स्वास्थ्य जाँचले समस्या लाई तत्काल पत्ता लगाई त्यसको निर्मूलीकरणमा सहयोग गर्दछ ।
    विशेष गरी हेल्थ स्क्रिनिङ् तथा होल बोडी चेक अप कस्तो व्यक्तिले गर्ने जरुरी रहेको त्यस सन्दर्भमा हस्पिटल स्रोतले जनाएको छ । धुम्रपान तथा मध्यपान गर्ने व्यक्ति, मोटोपन भएका व्यक्तिहरु, मधुमेह तथा उच्च रक्तचाप भएका व्यक्ति ,परिवारमा वंशाणुगत दीर्घरोग भएका व्यक्ति , नियमित औषधी सेवन गर्ने व्यक्ति आदिले हेल्थ स्क्रिनिङ् तथा होल बोडी चेक अप गर्न जरुरी रहेको हस्पिटल स्रोतले जानकारी गराएको छ ।
    विगत लामो समय देखि संचालन गर्दै आईरहेको होल बोडी चेक अप कार्यक्रमलाई पनि ल्याव सेवा विस्तार संगै सहज भएकोले हस्पिटलले होल बोडी चेक अप अन्तर्गत एडभान्स हेल्थ प्याकेज कार्यक्रम संचालन गरेको छ, होल बोडी चेक अप अन्तर्गत बेसिक तथा एडभान्स टेस्टहरु समावेश गरिएको हुन्छ । ती जाँँचहरुलाई छुट्टाछुट्टै गर्दा प्याकेजमा भन्दा महङ्गो पर्ने भएकाले नियमित रुपमा भईरहेको होल बोडी चेक अपलाई विस्तार गर्दै एडभान्स हेल्थ प्याकेज संचालन गरेको छ । उक्त प्याकेज अन्तर्गतका टेस्टहरु छुट्टाछुट्टै गर्दा रु १३ हजार पर्ने प्याकेज अन्तर्गत भारी छुटका साथ जम्मा रु ९ हजारमा संचालन गर्ने गरेको हस्पिट स्रोतले बताएको छ । जस अन्तर्गत विभिन्न टेस्टहरु तथा सेवाहरु उपलब्ध रहेका छन् । जस्तै सि.वी.सि, आर.वि.एस, एल.एफ.टी, एक्सरे चेस्ट, टी.एस.एच, आर.एफ.टी, लिपिड प्रोफाइल, इ.सि.जी, यू.एस.जी, एब्डोमेन, यूरिन, भिटामिन वीट्वेल, भिटामिन डिथ्री, क्याल्सियम, वन टाइम डाक्टर परामर्श रहेको हस्पिटल स्रोतले जनाएको छ । यी सम्पूर्ण टेस्टहरुले थाईराईड, सुगर, कोलेस्ट्रोल, किड्नी, पिसाब, छातिमा भएका समस्या, मुटुमा, पेटमा भएका समस्या तथा शरिरमा भिटामिन , क्याल्सियमको मात्रा पत्ता लगाउन सहयोग गर्नुका साथै डाक्टर संग जाँच तथा परामर्श सेवा उपलब्ध गराईने सेवा उपलब्ध गराईने हस्पिटल स्रोतले बतायो ।
    हास्पिटल स्रोतका अनुसार गत वर्ष देखि सुरु गरिएको हेल्थ स्क्रीनिङ् मा लगभग ६ सय जनाले सेवा लिईसकेका छन् । सेवा लिईसकेका मध्ये हाम्रो अनुभवमा गत साल तथा केही समय अगाडी हेल्थ स्क्रीनिङ गर्नु भएका धेरै बिरामीहरुमा लुकेर रहेका स्वास्थ्य समस्या पत्ता लागिरहेका छन् । यसरी पत्ता लाग्ने समस्याहरु मध्ये सबै भन्दा बढी पित्तथैलीको पत्तथरी, मृगौलाको पत्तथरी, हाई व्लड प्रेसर मधुमेह, थाईराईड, ओभरियन सिस्ट, फाइब्रोइड युटेरस, क्यानसर जस्ता थुप्रै स्वास्थ्य समस्या रहेका छन् । यसरी पहिचान भएका समस्याको सिघ्र उपचार भैरहेको छ ।


    यस हस्पिटलले दिने सम्पूर्ण सेवाहरु एउटै छाना मुनि रहेकाले बिरामीलाई उपचारमा कुनै समस्या नहुने साथै अत्याधुनिक ल्याव, हाई फिरक्वन्सी डिजिटल एक्सरे, भिडियो एक्सरे तथा सिक्सटिफोर सिटी स्किन पनि रहेकाले यस अस्पतालले हेल्थ स्क्रिनिङ् प्याकेज गरिसके पछि सम्पूर्ण रिपोर्टहरु डाक्टरले हेरी परामर्श दिने भएकाले स्वास्थ्य परिक्षणको लागि काठमाण्डाँै तथा भारत धाउन पर्ने बाध्यताको अन्त्य भएको पनि हस्पिटल स्रोतले बताएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.