शिक्षक, सिकाई, विषयबस्तु, पूर्वाधार, व्यवस्थापनमा शिक्षा नीति
झब्बर यादव । असलम खाँन
मर्चवार २ चैत । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले शिक्षामा गुणस्तरीयता प्रदान गर्नका लागि सम्बन्धित सरोकारवालहरुलाई विभिन्न किसिमका तालिम दिदैँ आइरहेको छ ।
कोटहिमाई गाउँपालिकामा रहेका विद्यालयहरुले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान विभिन्न योजना प्रति पहल गर्दै आइरहेको कोटहिमाई गाउँपालिका प्रमुख बालकृष्ण त्रिपाठीले बताउनुभयो । शिक्षा व्यक्तिमा भएको ज्ञानलाई बुझाउँछ जुन व्यक्तिले औपचारिक र अनौपचारिक रुपमा प्राप्त गर्छन् । शिक्षा भनेको व्यक्तिमा भएको बुद्धि र विवेक हो । जसको माध्यमबाट उसमा सहि निर्णय लिन सक्ने क्षमताको विकास भएको देखिन्छ । शिक्षामा गुणस्तरीयता प्रदान गर्न सम्पूर्ण सरोकारवालाहरुले आ आफ्नै स्थानबाट सहयोग गर्न आवश्यक रहेको गाउँपालिका प्रमुख त्रिपाठीले बताउनुभयो । गाउँपालिका प्रमुख त्रिपााठीले भने – “शिक्षाले मानिसलाई चरित्रवान,नैतिकवान ,आदर्शवान बनाउने काम गर्नुका साथै व्यक्तिको सर्वंगीण विकास गराई सही मार्ग तर्फ उन्मुख गराउने काम गर्छ ।”
विद्यालय भनेको शिक्षा प्रदान गर्ने संस्था हो । विद्यालयमा विद्यार्थीहरुको व्यवहारमा सकारात्म परिवर्तन ल्याउनको अपेक्षा राखि शिक्षण गर्ने संस्था हो । जुन समुदायिक विद्यालय, नीजि विद्यालय, मदरसा विद्यालय, एन.जी.ओ को रुपमा स्थापित भएको प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले भने “शिक्षालाई गुणस्तरीय बनाउनका लागि शिक्षक, अभिभावक, विद्यार्थी का साथै अन्य सरोकारवालाहरुले शिक्षालाई परिक्षामुखी नभएर जीवन उपयोगी ज्ञान, सीप र आचरणको विकासको आधार मान्न जरुरी रहेको छ ।” गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालयको भौतिक, प्रशासनिक, शैक्षिक, वातावरणीय पक्ष व्यवस्थापन तर्फ गाउँपालिका विशेष जोडदिई कार्य गर्दै आइरहेको प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले बताउनुभयो । शिक्षामा गुणस्तरीयता प्रदान गर्नका लागि गुणस्तरीय नेतृत्वकर्ता, शिक्षक, सिकाई, विषयबस्तु, पूर्वाधार, व्यवस्थापन ,लगानी, नीति आदि गुणस्तर बनाउनमा गाउँपालिकाका प्रतिनिधि तथा कर्मचारीहरु सहकार्य गर्दै आइरहेको आफुहरुले गुणस्तरीय शिक्षाका लागि लगिपरेका प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जानकारी दिनुभयो ।
कोटहीमाई गाउँपालिकामा सामुदायिक विद्यालय, नीजि विद्यालय र मदरसा विद्यालयको संख्या १४,११, र ८ जम्म गरी ३३ वटा विद्यालयहरु संचालनमा रहेको कोटहिमाई गाउँपालिका शिक्षा शाखा प्रमुख अमृता बुढाथोकीले बताउनुभयो । गाउँपालिकामा रहेको विद्यालयहरुमा विद्यार्थीको संख्या एकदमै तिव्र मात्रामा रहेको र आवश्यक्ता अनुसार स्थायी नेपाल सरकार द्वारा स्वीकृत दरबन्दी शिक्षकको संख्या एकदमै न्युन रहेको शिक्षा शाखा प्रमुख बुढाथोकीले जानकारी दिनुभयो । गाउँपालिका भित्र गाउँपालिकको तलबमा करार शिक्षकको संख्या प्राथमिक तहमा २१, निम्न माध्यमिक तहमा १५ र माध्यमिक तहमा ४ जम्म ३० जना करारमा कार्यरत शिक्षकहरु रहेको गाउँपालिका शिक्षा शाखाा प्रमुख बुढाथोकीले बताउनुभयो ।
गाउँपालिकाका विद्यालयहरुमा रहेको विद्यालयका शिक्षकहरु मध्ये स्वीकृत दरबन्दी शिक्षक बालविकास कोटामा ३०, प्राथमिक तहमा ६३, निम्न माध्यमिक तहमा ७ र माध्यमिक तहमा ११ रहेको शिक्षा शाखाा प्रमुख बुढाथोकीले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७९।८० अनुसार प्रदेश सरकार बाट मुख्यमन्त्री सुधार कार्यक्रमका लागि रु ६० लाख बजेट विनियोजन भएको र गाउँपालिकाले २ करोड ८७ लाख ४७ हजार बजेट विनियोजित भएको गाउँपालिका शिक्षा शाखा प्रमुख बुढाथोकीले बताउनुभयो ।
विद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विभिन्न किसिमका कार्यक्रमहरु मध्ये ६० प्रतिशत कार्यक्रमहरु गरिसकेको जसमा शिक्षक तालिम कार्यक्रम, छात्रालाई साइकल वितरण कार्यक्रम, विद्यालय सुधार कार्यक्रम, कम्प्युटर तालिम कार्यक्रम, खेल सम्बन्धि कार्यक्रम आदि जस्ता विभिन्न कार्यक्रम गरीसकेको र केही गर्न बाँकी रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख बुढाथोकीले बताउनुभयो ।