पशुपति यादव
रोहिणी, ७ चैत । ओमसतिया गाउँपालिका वडा नम्बर ५ गौरीमा अवस्थित सतियामाई मन्दिरमा धन्धान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ ।
शुभ कलश यात्रा मन्दिर परिक्रमा गरी रैलिमा परिणत भएको महायज्ञ सचिवालयले जनाएको छ ।
उद्घाटन समारोह पश्चात कथावाचक अमर आचार्य वनारसी दुरा कथा वाचन कार्य शुभारम्भ भएको सन्त निवासले बताए ।
सतियामाई मन्दिर परिसरमा महायज्ञ संचालन गर्नुको मुख्य उद्देश्य मन्दिर भित्र १०८ शिवलिङ्ग स्थापना र सोही भवन निर्माण हेतुले यज्ञ गर्न लागेको महायज्ञ संचालकले जनाएको छ ।

धर्म, साँस्कृति संरक्षण बैदिक सनातन धर्मको रक्षा धार्मिक संस्कारको जगेर्ना विश्व शान्ति मानव कल्याणका निम्ति महायज्ञ संचालन गर्न लागेको महायज्ञ समितिका अध्यक्ष इन्द्रकमल यादवले जानकारी दिए ।
यस क्षेत्रको धार्मिक संस्कारको सचेतना मन्दिरको विकास विस्तार सतियामाई मन्दिर ३ सय ५० वर्ष पुराना पौराणिक मठको सुन्दरीकरणको निम्ति मन, वचन र कर्मले सहयोगको लागि दानबीर दाताहरु समेत संगै संचालक मोहन शर्माले आग्रह गरेका यज्ञ मुलसतिले जनाएको छ ।
महायज्ञमा नियमित कार्यक्रम भजन कृतन संगीतमय पाठन पुजा, अर्चन, सन्धया कालिन भजन, हनुमान एवम् सतियामाई विशेष पुजा अर्चना सवा लाख दिप प्रज्जवलन चैत १६ गते विधिवत भण्डारा कार्यक्रम सहित समापन हुने आयोजकले जनाएको छ ।