logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख “निक साइमन्स अवार्ड २०२२” द्वारा सम्मानित


    ९ चैत्र २०७९ , बिहिबार

    मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख “निक साइमन्स अवार्ड २०२२” द्वारा सम्मानित

    असलम खाँन
    मर्चवार,  चैत । काठमाडौंको मेरियोट होटलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र निक साइमन्स इन्टीच्यूटको आयोजनामा ११ औं ग्रामीण स्वास्थ्यकर्मी सम्बेलनको अवसरमा निक साइमन्स अवार्ड २०२२ द्वारा शाह मर्चवारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फेकन शाह सम्मानित भएका छन् ।


    मर्चवारी गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुखको भुमिका रही “हामी नगरे कसले गर्छ, अव पनि नगरे कहिले गर्ने ” भनी मुल नाराका साथ आफ्नो नेतृत्वको थालनी गरेका थिए । अहिले मर्चवारी गाउँपालिकाका आधारभुत स्वास्थ्य सेवा आम नागरिकमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा महसुस हुने गरी स्वास्थ्यकर्मी मित्र सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु दिन रात सेवामा खटाई स्वास्थ्य स्तर उकासेको बताउनुभयो ।
    मर्चवारी गाउँपालिकामा आफु स्वीकृत भई आएको समय देखि गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सामुदायिम स्वास्थ्य स्वयंसेविकाहरुको सहकार्यमा विभिन्न किसिमका कार्यहरु भएको शाहले जनाउनुभयो ।
    मर्चवारी गाउँपालिकामा सम्पूर्ण स्थानीयबासीहरुलाई स्वास्थ्य चौकीबाट पूर्ण रुपले सेवा पुर्याउनमा आफहरु दिनरात खटेको शाहले बताउनुभयो ।
    मर्चवारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यो अवार्ड २०२२ बाट सम्मानित हुनमा गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सामुदायिम स्वास्थ्य स्वयंसेविकाहरुको पनि योगदान रहेको बताउनुभयो ।
    स्वास्थ्य शाखा प्रमुख शाले भने म यहाँ आउँदा सबै भन्दा पहिला हरेक स्वास्थ्य संस्थामा वोर्डको व्यवस्था गरेको, प्रयाप्त फर्निचरको व्यवस्था गर्नु, कोभिडको खोप ७ दिनमै आईसोलेसन सेन्टर स्थापना गरी चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुको कार्यकुसलताले गर्दा १ जनाले पनि ज्यान गुमाउन परेन,कोभिड सम्बन्धि विभिन्न किसिमका रिपोर्ट संकलन गरेको,रायपुर स्वास्थ्य चौकीको भाौतिक व्यवस्थापन, औषधी व्यवस्थापन तथा अन्य सामग्रीको समस्या प्रति विशेष पहल भएको, रायपुर प्राथमिक स्वास्थ्य चौकीमा प्रसुत्ति सेवा विकास, बालिका विमा कार्यक्रम,नेपालको पहिलो कोभिड १९ को पूर्ण खोप गाउँपालिका घोषणा, सिलौटिया स्पवास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य चौकीको रुपमा घोषणा आदि जस्ता विविध उल्लेखनीय कार्यले गर्दा सम्मनित भएकोमा छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.