पशुपति यादव
रोहिणी, चैत । रुपन्देही जिल्ला अन्तर्गतका १६ वटा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय तथा जिल्लाका विभिन्न निकायका प्रमुखहरुको संयुक्त रुपमा बैठक सम्पन्न भएको छ ।
ओमसतिया गाउँपालिकाको अतिथ्यतामा जिल्ला समन्वय समितिको सहकार्यमा ओमसतिया गाउँपालिकाको सभाहालमा घुम्ति बैठक सम्पन्न भएको गाउँपालिका नीजि सचिवालयले जनाएको छ ।
केही महिना पहिला यस्तै घुम्ति बैठक वसी विभिन्न एजेण्डा माथि छलफल निर्णय गरी स्थानीय सरकारका प्रमुखहरु प्रतिवद्धता गरेका थिए । लुम्बिनी संस्कृतिक नगरपालिकाका अध्यक्षले बताए ।
एजेण्डा प्रस्तावमा सरसफाई सुर्ती जन्य, पदार्थको विक्री वितरणमा रोक, छाडा चौपायालाई व्यवस्थापन, प्लाष्टिक झोला निर्मुल, नदिजन्य पदार्थ प्रक्रिया र मापदण्ड कार्यविधि अनुसार उत्खन्न, स्वच्छ खाानेपानीको व्यवस्थापन, कृषि क्षेत्रका लागि सिचाई, लागुऔषध दुव्र्यवसन सम्वन्धि सचेतना, वालविवाह सम्वन्धि सचेतना आदि लगायतका कार्यलाई समाधान गर्ने स्थानीय सरकारले प्रमुख प्रतिबद्धता जाहेर गरेका कुरा समन्वय समितिले जनाएको छ ।

ओमसतिया गाउँपालिकाको सभाहालमा घुम्ति बैठकको समिक्षामा कति कार्यान्यवन भए र कति वाँकी भन्ने रहेको विषयमा छलफल र बहस चलेको ओमसतियाको सुचना शाखाले जनाएकाो छ ।
लागु दुव्र्यवसन औषाध सम्बन्धि सचेतना कार्यक्रम चलाउनु पछि माटो र नदी जन्य पदार्थ राजस्व संग जोडिएको हुनाले मापदण्ड र प्रक्रिया अनुसार अगाडी बढाउनुपर्दछ । उपभोक्ता स्वास्थ्य प्रति खेलवाड गर्ने हुने गुणस्तरहिन सामग्री म्याद नाघेको खाद्यान्न लगायत बस्तु निर्मुल गर्नका लागि सम्वन्धित निकाय संग स्थानीय तहका प्रमुखहरु समन्वय गरी समय समयमा बजार अनुगमन गर्न पर्ने जनाएको छ ।
शान्त्तिका अग्रदुत महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी शान्ति क्षेत्र भनेर विश्व सामुपहिचान पाएको ठाउँलाई लुम्बिनी साँस्कृतिक नगरपालिका अन्तर्गत रहेको हुनाले अहिंसा र शान्ति कायम गर्न जरुरी रहेको छ ।
मासु विक्रि वितरणका लागि बुद्ध क्षेत्र अन्त्य एउटा क्षेत्र निर्धारण गर्नु पर्दछ रुपन्देही जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी (सि.डि.ओ) ले सुझाएका छन् ।

समिक्षा घुम्ति बैठकमा स्थानीय तहका प्रतिनिधि प्रमुख विशेष गरेर सिमावार्ती क्षेत्रमा मदिरा व्यवसायी हुनका लागि सिमा क्षेत्र नजिकै खेत खेतमा रहेको मदिरा पसल खोल्नेलाई सिफारिस र दर्ता प्रक्रिया रोक्नुपर्दछ ।
सिमा क्षेत्रमा मदिरा व्यवसाय गर्नेहरुलाई स्थानीय तहले मापदण्ड बनाई सिमाको भन्दा टाढा मापदण्ड बनाई दुरी निर्धारण गर्नु पर्दछ । यसो गर्दा क्राइम डर नहुने जिल्लाका जनपद प्रहरी (एस.पी) ले सुझाव दिएका थिए ।
सशस्त्र प्रहरी प्रमुख , शिक्षा इकाईका प्रतिनिधि , भुमि आयोगका प्रमुख स्थानीय तहका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । ओमसतिया गाउँपालिकाको अध्यक्ष मन्जित यादव (सोनु) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।