logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    इस्लाम संस्कार, व्यवहार र संस्कृतिका लागि मदरसा शिक्षा


    २३ चैत्र २०७९ , बिहिबार

    इस्लाम संस्कार, व्यवहार र संस्कृतिका लागि मदरसा शिक्षा

    झब्बर यादव । पशुपति यादव
    सिद्धार्थनगर ,  चैत । रुपन्देहको रोहिणी गाउँपालिका वडा नम्बर १ मा रहेको मदरसा इस्लामिया रिजावीया अहले सुन्नत फैजुल औलुम विद्यालय इस्लाम धर्मका संस्कार, व्यवहार र संस्कृति कायम राख्नका धार्मिक शिक्षा दिदैं आएको छ ।
    मदरसा इस्लामिया रिजावीया अहले सुन्नत फैजुल औलुम विद्यालय विक्रम सम्बत् २००४ सालमा स्थापना भएको मदरसा विद्यालयको प्रधानाध्यापक अकबर खाँनले जानकारी दिनुभयो । मदरसा विद्यालयको शिक्षा भनेको इस्लाम धर्म संग सम्बन्धित धर्म, संस्कृति, रितिरिवाज, परम्परा शिष्टाचार, आदस सम्मान, भेषभुषा, पहिचान कायम राख्नका लागि यस्ता विद्यालयहरु संचालनमा रहेको मदरसाका प्रधानाध्यापक खाँनले बताउनुभयो । मदरसा विद्यालयमा नेपाल सरकारले तोकेका विषय संचालन गर्नुका साथै स्थानीयवासीहरुको आधुनिक आवश्यकतालाई मध्यनजर गरेर नेपाली, अंगे्रजी, सामाजिक, गणित, विज्ञान, उर्दु, दिनियाद, र अरवी विषय संचालनमा रहेको मदरसाका प्रधानाध्यापक खाँनले बताउनुभयो । यो मदरसा विद्यालय कक्षा ५ सम्म नेपाल सरकारको अनुमति लिई संचालनमा रहेको प्रधानाध्यापक खाँनले बताउनुभयो । मदरसामा थप कक्षाका लागि योजनाहरु बनि सकेको जसका लागि भौतिक व्यवस्थापन वा विकास निर्माणका कार्यहरु संचालनमा रहेको प्रधानाध्यापक खाँनले बताउनुभयो । मदरसा विद्यालयमा अध्ययनरत विद्यार्थी छात्र छात्राको संख्या १ सय ५० रहेको र अध्यापन गर्ने शिक्षकको संख्या ६ रहेको प्रधानाध्यापक खाँनले बताउनुभयो । मदरसा स्थापना गर्नु कुनै एक व्यक्तिको मात्र योगदान नरहेको बताउनुभयो । मदरसा भनेको इस्लाम धर्म संग सम्वन्धित एक विद्यालय हो । हुन त शिक्षा हासिल गर्न कुनै समुदायले रोक लगाएको छैन त पनि यो शिक्षा इस्लाम धर्मको शिक्षामा यस्ता विद्यालयले धेरै मह्त्व दिएको प्रधानाध्यापक खाँनले बताउनुभयो । मदरसामा इस्लाम धर्मसंग सम्बन्धित विभिन्न व्यवहार, संस्कार र संस्कृतिका पाठहरु सिकाउने थलोको रुपमा लिइने गरेको पाइन्छ । इस्लाम धर्मको पवित्र आकाशीय पुस्तक अल्लाहले अवतरित गर्नुको पवित्र कुरानको पहिलो आयात नै इकरा अर्थात पढ आदेश फरमाउनु भएको प्रधानाध्यापक खाँनले बताउनुभयो । इस्लामका पाँच आधार स्तम्भहरु छन् । इमान, नजाम, रोजा, जकात र हज जसको पालना गरे मात्र मुसलमान भनिन्छ । भन्ने प्रधानाध्यापक खाँनको भनाई रहेको छ । इस्लामका केही कुराहरु फर्ज अर्थात अनिवार्य गर्नै पर्ने हुन्छ जस्तै एक अल्लाह माथि इमान कायम राख्ने, दिनको पाँच पटक नवाज पढनु पर्ने, रमजान करीमको १ महिना रोजा बस्नु पर्ने, हज गर्नु पर्ने, जकात दिन पर्ने, बच्चाहरुलाई नैतिकवान बनाउन तिनको पालन पोषण गर्नु पर्ने प्रधानाध्यापक खाँनले बताउनुभयो । मदरसा विद्यालयमा इस्लाम धर्मका मानिसहरुलाई अरवी, उर्दु भाषामा अध्ययन र तालिम दिने शैक्षिक संस्थाको रुपमा रहेको प्रधानाध्यापक खाँनले
    बताउनुभयो । मदरसामा अध्ययन गर्ने मुख्यतः हाफिज, मौलाना, मौलवी, अलिमा र फजिल डिग्री लिने गरेको पाइने प्रधानाध्यापक खाँनको भनाइ रहेको छ । मदरसा विद्यालयमा विद्यार्थीको संख्याको आधारमा शैक्षिक व्यवस्थापन, भौतिक पूर्वाधारको व्यवस्थापन पुग रहेको प्रधानाध्यापक खाँनले बताउनुभयो । मदरसा विद्यालय आफ्नै स्रोतमा निर्माण भएको र आवश्यकता अनुसार कक्षाकोठा, फर्निचर, खानेपानी , शौचाललय , विद्युत्त तथा प्रशासनिक व्यवस्था रहेको प्रधानाध्यापक खाँनले जनाउनु भयो । मदरसाले स्थानीय तह, स्थानीयबासीहरुको अनुदान, अभिभावकहरुको सहयोग, शिक्षक विभिन्न संघसंस्था द्वारा प्राप्त अनुदान मार्फत आर्थिक व्यवस्थापन गरी संचालनमा रहेको मदरसाका प्रधानाध्यापक खाँनले बताउनुभयो । मदरसा स्थापना भएको समय देखि निरन्तर रुपमा स्थानीयबासीहरु सहकार्य गर्दै आइरहेको मदरसा विद्यालयका प्रधानाध्यापक खाँनले जनाउनुभयो । मदरसाका प्रधानाध्यापक खाँनले भने आजको आधुनिक समयमा मानिसहरु विभिन्न किसिमका लोभ लालचमा फसी आफ्नो धर्म र मजहब छोडेर अरु धर्ममा संलग्न भएको देखिन्छ यो विषयमा सम्पूर्ण धर्मावलम्बीका व्यक्तिहरु आ आफनो धर्म संस्कृति कायम राख्न अनुरोध गर्नुका साथै यस्ता धर्म रुपान्तरणमा कार्यमा संलग्न संस्था तथा व्यक्तिलाई यस्तो कार्य गर्नबाट रोक्न सरोकारवालाहरुको ध्यानाकर्षण समेत रहेको बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.