असलम खान
मर्चवार, चैत । रुपन्देहीको दक्षिणमा पर्ने सम्मरीमाई गाउँपलिकामा लागेको आगलागीले किसिनहरुको घाउ झन ठूलो बनाएको छ ।
कृषकहरुले लगाएको बालीमा आगलागी हुँदा बाली जलेर नष्ट भएको छ । सम्मरीमाई गाउँपालिकामा लागेको डढेलोले गर्दा १ सय ७७ कठ्ठा गहुँबाली जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिएका छन् । आगलागी भएको सम्मरीमाई वडा नम्बर ४ र ६ को सिमानामा आगलागी भएको छ । बिजगौरी, पोखरहवाँ र नगवलिया क्षेत्रमा भएको आगलागीले २४ जना किसानको गहुँबाली नष्ट भएको प्रहरी निरीक्षक खरेलले बताएका छन् ।

सम्मरीमाई वडा नम्बर ४ बिजगौरीका मानसिक सन्तुलन ठिक नभएको प्रहलाद लोधले गहुँ काटेर खेतमा रहेको ठुटो जलाउने क्रममा आगलागी भएको स्थानीय पप्पु कलवारले बताएका छन् । कलवारले भने “ प्रहलादको खेत पश्चिम क्षेत्रमा छ उनले खेतमा रहेको ठुटो हावा चलेको बेलामा जलाउन थाले पछि आगो अन्य खेतमा फैलिएको हो । जसमा मेरो पनि ९ बिगहा गहुँ जलेर नष्ट भएको छ ।” सम्मरीमाई गाउँपालिकामा नजीकै दमकल उपलब्ध नभएकोले स्थानीयवासीहरुले आगो निभाइसकेपछि मात्र दमकल आएको बताएका छन् । आगोको गतिले स्थानीयबासीहरु डराएको आगो लागेको करीब १ घण्टा पछि मात्र स्थानीयले विभिन्न माध्यमवाट आगो नियन्त्रण गर्न सफल भएको कलवारले बताएका छन् ।

सम्मरीमाई गाउँपालिकाका बेचन गुप्ताले ४ बिगहा मध्ये २ बिगहाको गहुँ फसल भित्रयाएको र बाँकी २ बिगहा पछि पूर्णरुपले पाके पछि मात्र काट्न छोडेको गहुँबाली जलेर नष्ट भएको जनाएका छन् । त्यस बेला आगो हावाहुरी अधिक चल्ने कारणले आगोलाई नियन्त्रण गर्न नसक्ने अवस्था रहेको गुप्ताले जनाएका छन् । आगो नियन्त्रणमा नआउदाँ अरु फसल बचाउन नसकेको गुप्ताले बताएका छन् । गुप्ताले भने ‘हामीले जती सक्यो त्यति रोक्ने प्रयास गरेकै हो तर पर्याप्त पानीको व्यवस्था नभएको हुँदा अरु फसल बचाउन सकेनौँ । ’

सम्मरीमाईमा आगलागी भएको जानकारी पाउन साथ दमकल सहित आगलागी स्थल तर्फ आउदै गरेको प्रदेशसभा सदस्य कन्हैया बनियाँले बताएका छन् । प्रदेशसभा सदस्य बनियाँले भने ‘मर्चवारमा दमकलको व्यवस्था छैन् आगलागी भएको खबर पाउन साथ भैरहवाबाट दमकल आगलागेको स्थलमा पुग्न करीब ५५ मिनेट समय लाग्यो जसले गर्दा धेरै क्षति हुन पुगेको छ । केही दिन अघि वर्षाले धेरै फसलमा क्षति पुगेको थियो यस पछि आगलागीले किसानको घाउ झन ठुलो बनाइदिएको छ ।’ यो घटना फेरी नदोहोर्यास भन्ने सोचका साथ आगलागीमा भएको क्षतिको पुर्तिको लागि प्रदेश सरकारसंग माग गरी आफ्नो कार्यकाल भित्र मर्चवार क्षेत्रमा दमकलको व्यवस्था गर्ने प्रदेशसभा सदस्य बनियाँले प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।