logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    बेमौषमी तरकारी खेती तालिम


    २५ चैत्र २०७९ , शनिबार

    बेमौषमी तरकारी खेती तालिम

    पशुपति यादव
    रोहिणी, २५ चैत । रुपन्देहीको रोहिणी गाउँपालिकाको सेमरहवामा रहेको सूर्योदय वोमी लघुवित्त संस्था लिमिटेडको आयोजनामा बेमौषमी तरकारी खेती तालिम सम्पन्न भएको छ ।
    सूर्योदय लघुवित्त संस्था लिमिटेड लगानी तथा बचत को उद्देश्य राखि संस्थाले सेमरहवामा शाखा संचालनमा ल्याएको हो । साथै संस्थामा आबद्ध बचत कर्ता तथा लगानी कर्ता सदस्यहरुलाई सीपमुलक तालिम दिई आत्मनिर्भर बनाउनमा सहयोग पुग्ने भन्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु अघि सारेको छ । सो कार्यक्रममा सेमरहवा शाखामा आबद्ध सदस्यहरुलाई पोषण तत्व आफ्नै बारीमा, हरियो साँगसब्जी उत्पादन गरी उपभोग गर्न सक्ने हेतुले बेमौषमी तरकारी तालिमको आयोजना गरेको गरेको आयोजकले जनाएका छन् ।


    कार्यक्रममा रोहिणी गाउँपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि विद्या यादव कार्यक्रममा वोल्दै गर्दा लघुवित्त संस्था सेमरहवा शाखाले बेमौषमी तरकारी खेतीको तालिम दिई आफनै हरियो सागसब्जी पोषण तत्व सहितको तरकारी उत्पादन गरी उपभोग गर्दा घर परिवार स्वस्थ्य र आफ्नै बारीमा व्यस्त रही घरपरिवारको आवश्यकता भन्दा बढी तरकारी बजारमा वित्री वितरण गरी नगद आर्जन गर्न सके आर्थिक रुपमा सबल हुने यादवको भनाई रहेको थियो ।
    लघुवित्त संस्थाका अनुगमन अधिकृत मान प्रसाद फुऐल सूर्योदय संस्थाको शाखा सातैं प्रदेशमा स्थापित रहेको छ । जिल्लाको हिसाबले ५४ जिल्लामा संचालन रहेको १९२ वटा शाखा रहेको बताएका छन् । सबै शाखाले समय समयमा सीपमुलक तालिम दिई आवद्ध सदस्यहरुलाई आत्मनिर्भर बनाउने प्रयास जारी रहेको फुऐलले जनाएका छन् ।
    कार्यक्रम संचालन सेमरहवा शाखा प्रमुख सुरेन्द्र शाहीले गर्नु भएको थियो भने मिना पाण्डेको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो । रोहिणी कृषि शाखाका संयोजक जितेन्द्र यादवले प्रशिक्षण कार्य गर्नु भएके थियो ।
    कार्यक्रममा संजय गुप्ता, कान्छा कोहार, धकधई प्रहरी इन्चार्ज तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । ५० जना प्रशिक्षार्थीको उपस्थिति रहेको सूर्योदय लघुवित्त संस्थाका शाखा शाखा कार्यालय सेमरहवा शाखाले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.