झब्बर यादव
सिद्धार्थनगर, २५ चैत । रुपन्देही सुटिङ् संघले जिल्ला स्तरीय सुटिङ् प्रतियोगिता बैशाख १ गते देखि गर्ने भएको छ । उक्त प्रतियोगिताका लागि चैत २५ गते शनिवार देखि प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
प्रशिक्षण कार्यक्रममा जिल्लाबाट विभिन्न खेलाडीहरुको सहभागिता रहेको छ । यो सुटिङ् प्रतियोगितामा छनोट हुने खेलाडिहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल खेल्न पाउने जिल्ला सुटिङ् संघ रुपन्देहीले जनाएको छ ।
सुटिङ् प्रतियोगिताका लागि भइरहेको प्रशिक्षण कार्यक्रममा सहभागि खेलाडीहरुले एयर राईफल र एयर पिस्तोल प्रतियोगिताका लागि प्रशिक्षण कार्यक्रम भई राखेको नेपाल सुटिङ् संघका पूर्वप्रमुख प्रशिक्षक तथा यस प्रतियोगिताका प्रमुख प्रशिक्षक उपेन्द्र थापाले जानकारी दिनुभयो ।

यो प्रतियोगिता विशेष गरेर नयाँ खेलाडिहरु उत्पादन गर्नकाा लागि हुने र यो खेल समाजमा सबै तिर परिचित गराउनका लागि गरिएको रुपन्देही सुटिङ् संघका अध्यक्ष ज्योत्स्ना राणाले जानकारी दिनुभयो । विक्रम सम्बत २०७१ सालमा पहिलो सुटिङ् प्रतियोगिता गरेको रुपन्देही सुटिङ् संघले यो दोस्रो सुटिङ् प्रतियोगिता संचालन गरेको हो । उक्त प्रतियोगिताको लागि एयर राइफल प्रशिक्षण कार्यक्रम भई राखेको नेपाल सुटिङ् संघका पूर्वप्रशिक्षक तथा यस प्रतियोगिताका प्रमुख उपेन्द्र थापाले जानकारी दिनुभयो ।
यो प्रतियोगीता विशेष गरेर नयाँ खेलाडी उत्पादन गर्नको लागि विशेष गरेर र समाजमा सबै तिर परिचित गराउनका लागि सुरु गरेको रुपन्देही सुटिङ् संघका अध्यक्ष राणाले जानकारी दिनुभयो ।
प्रतियोगितामा ज्योत्स्ना राणाले दोस्रो जिल्ला स्तरीय राइफल सुटिङ् प्रतियोगितामा ५५ देखि ६० जना यस जिल्लाबाट सहभागी हुने र यो प्रतियोगिता बैशाख १ गते हुने जानकारी दिनुभयो ।संघका सचिव पुनम रायमाझीले सुटिङ् खेलले व्यक्तिको नेतृत्व विकासमा सहयोग पुग्ने वताउनुभयो ।