logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    अर्थतन्त्र सुधार गरौं


    ३० चैत्र २०७९ , बिहिबार

    अर्थतन्त्र सुधार गरौं

    नेपालको अर्थतन्त्र अहिले संकटमा परको छ । संकटमा परेको अर्थतन्त्रका कारण देशको अर्थनीतिमा धेरैं चुनौतिहरु थपिएका छन् । अर्थनीति व्यवस्थापनमा आर्थिक अभावले गर्दा आर्थिक चलायमान सुस्त बन्न पुगेको हो । रेमिटेन्सबाट चलिरहेको देशको अर्थतन्त्रमा गम्भिर चुनौतिहरु देखिएपछि यसको विकल्पको रुपमा देशले विभिन्न विकल्पहरु अगाडि सारेको छ । लामो समय देखि रेमिटेन्सको भरमा चलिरेहको नेपालको अर्थतन्त्र खुम्चेको मुख्यकारण कम मात्रामा नेपालमा रेमिटेन्स भित्रिनु हो । विशेष गरेर खाडी मुलुकमा जाने नेपाली युवा शक्तिले आफ्नो श्रम वेचेर कमाउने रकम नेपाल पठाउँदा राज्यले पाउने रेमिटेन्स नेपालको प्रमुख स्रोत हो । त्यो स्रोत पछिल्लो चरणमा नेपाली युवाहरु रोजगारको सिलसिलामा खाडीमा कम भएपछि रेमिटेन्समा पनि कमी आएको हो । भुकम्प र पछिल्लो कोभिडका कारण विदेशमा भएका नेपालीहरु स्वादेश फर्किए पछि रेमिटेन्स पनि नेपालमा आउन कमी देखिन्छ । त्यसैले गर्दा नेपालको अर्थतन्त्रमा प्रभाव परेको हो । श्रीलंकामा आर्थिक मन्दि सुरु भएपछि नेपालमा पनि यसको प्रभाव पर्न सक्ने आँकलन गरिएको थियो । विभिन्न अर्थविदहरुले समेत नेपालमा आर्थिक संकट निम्तिन सक्ने बताइ रहेपनि नेपालको अवस्था श्रीलंकाको भन्दा फरक हो । श्रीलंकाको अर्थतन्त्र पर्यटनमा निर्भर हो भने नेपालको अर्थतन्त्र रेमिटेन्समा निर्भर हो । कोभिडका कारण श्रीलंकामा बाह्य पर्यटकहरुको आगमन नहुदाँ त्यहाँ आर्थिक संकट परेको तर अहिले त्यहाको अवस्था धेरै सुध्रिएको छ । नेपालमा पनि वैदेशिक रोजगारमा रहेका युवाहरुको ठूलो संख्या स्वादेश फर्किए पछि रेमिटेन्स आउनमा पनि कमी भएको अर्थतन्त्रमा केही मन्दी देखिएको हो । जुन विस्तारै प्रगति तिर लम्किएको देखिन्छ । अहिले नेपालबाट दैनिक १० हजार बराबरको संख्यामा युवाहरु विदेशमा गइरहेका छन् । कोभिडका कारण स्वादेशमा फर्किएका युवाहरु समेत पुनः विदेश फर्किने क्रम सुरु भएको छ । जसले गर्दा विदेशवाट आउने रेमिटेन्स पनि बढिरहेको नेपाल राष्ट्रिय बैङ्कले नेपालमा देखिएको केही संकेतहरु रेमिटेन्स आउने क्रम बढेपछि हराउदैँ गएको छ । यसलाई व्यवस्थित गर्न राज्यले आफनो संयन्त्रहरु कडा रुपमा परिचालन गर्न आवश्यक छ । देशमा भित्रिने रेमिटेन्सलाई संस्थागत गर्नका लागि नेपाल सरकारले विदेशमा रहेका राजदुतावास तथा महावाणिज्य कार्यालयहरु मार्फत कामहरु गर्न आवश्यक छ । विशेष गरेर त्यहाँ रहेका श्रमिकहरुको अवस्था, सेवा सुविधा र नेपाल पठाउने रकमको माध्यम सुक्ष्म रुपमा अध्ययन गरी मनिटरीङ् गर्न आवश्यक छ । अहिले विदेशमा कमाएको रकम हुन्ने मार्फत नेपालमा आइरहेको छ । त्यो राज्यको लागि घातक हो । त्यो रोक्नका लागि राज्यले कडा कानुन निर्माण गरी लागु गर्नु पर्दछ । रेमिटेन्सलाई मात्र सही रुपमा नेपालमा भित्राउन सके नेपालको अर्थतन्त्र सुध्रिने छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.