पशुपति यादव
रोहिणी, चैत । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा संचालित ग्रामिण उद्यम ्िमहिला सहकारीले २२औँ साधारण सभा सम्पन्न गरेको छ ।
ग्रामिण उद्यम महिला सहकारीले २२औँ साधारण सभा कार्यक्रम रोहिणी गाउँपालिका सहकारी शाखा प्रमुख लिला कुमारी गुरुङ्गको प्रमुख अतिथ्यतामा संचालन गरिएको थियो । रोहिणी गाउँपालिका सहकारी शाखा प्रमुख गुरुङ्गले कार्यक्रमलाई संम्वोधन गर्दै भनिन सहकारीको मुल मर्म संचालकहरुको धर्म सहकारीको नारालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । गाउँ गाउँमा सहकारी र घरघरमा भकारी एक परिवारमा एक जनालाई रोजगारीको सृजना गर्न सहकारीहरुको जिम्मेवारी थापिएको सहकारी शाखा प्रमुख गुरुङ्गको भनाई रहेको थियो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन संस्थाका व्यवस्थापक सुरेश थापाले प्रस्तुत गरेका थिए । लेखा शाखाका संयोजक समसुद्दोह रहमानीले आय व्यायका विवरण पेश गरेका थिए ।
कार्यक्रम संस्थाका उपाध्यक्ष गोमति चौधरीले स्वागत गरेकी थिइन भने पदम खत्रीको अध्यक्षतामा र सुरेश थापाको संचालनमा साधारणसभाा सम्पन्न भएको थियो ।