पशुपति यादव
रोहिणी, ३० चैत । रुपन्देहीको ओमसतिया गाउँपालिकाको आयोजनामा चैत ३० गते नव वर्ष २०८० को शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ ।

गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष मन्जित यादव (सोनु) को अध्यक्षतामा सम्पूर्ण विषयगत शाखा, कर्मचारी, प्रमुख प्रशाकीय अधिकृत, जनप्रतिनीति, कार्यपालिका सदस्य, वडा अध्यक्ष, वडा कार्यपालिका सदस्य लगायतको उपस्थितिमा शुभकामना अदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।