logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    धारिलो हतियारले गोरुको हत्या


    १२ बैशाख २०८० , मंगलबार

    धारिलो हतियारले गोरुको हत्या

    प्रहरीको अनुगमन कार्य जारी

    असलम खाँन
    मर्चवार, ९ बैशाख । रुपन्देहीको मर्चवार क्षेत्रमा पर्ने कोटहीमाई गाउँपालिका वडा नम्बर ५ दुईमोहानमा जमिन मुनि गाडिएको गोरुलाई बाहिर निकालेर प्रहरीले अनुसन्धान गर्न गरेका छन् ।
    विष्णुपुरामा विहिबार बिहान धारिलो हतियारको प्रयोग गरी मारेको गोरुलाई स्थानीय चन्द्रीका यादवले दुईमोहानको बालुवामा गाडेका स्थानीय राम गणेश पालले बताएका छन् । घटना बारे खबरपछि गोरुलाई गाडेको ठाउँमा प्रहरीले पुग्न साथ चन्द्रीका यादव सोही ठाउँबाट फरार भएको पालले बताएका छन् ।

    फरार भएका चन्द्रीका यादवले नै गोरुलाई मारेको संका गरिएको पालको भनाई छ । गोरुलाई कलेजोमा पर्ने गरी घरेलु धारिलो हतियारको प्रयोग गरी हत्या गरिएको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक पंकज चुदालीले बताएका छन् । जिल्ला पशु अस्पताल भैरहवाबाट आएको टोलीले पोष्ट मार्टम गरे अनुसार गोरुको शरीरमा १ इन्च गोलो १३ इन्च गहिरो प्वाल भएको प्रहरी निरीक्षक चुदालीले जानकारी दिएका छन । गोरुलाई बालुवामा खाडन प्रयोग गरिएको लु१क१३७८ नम्बरको हेस्काभेटरको गाडी धनी रामदेव कुर्मीसंग सोधपुछ तथा घटनामा संलग्न भएको अन्य ब्यक्तिहरुको खोज तलास भइरहेको प्रहरी निरीक्षक चुदालीले बताएका छन् ।
    स्थानीय प्रत्यक्षदर्शीको भनाई अनुसार फरार रहेका चन्द्रीकालाई पनि खोज तलास भइरहेको बताएका छन् । घटनाबारे थप अनुसन्धान सहित मुद्दा दर्ता गर्ने प्रकृया अगाडी बढाईएको प्रहरी निरीक्षक चुदालीले बताएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.